७ कार्तिक २०८१, बुधबार

नयाँ नियुक्त मन्त्रीहरु ब्रोइलर कुखुरा हुन : नेता भट्ट




धनगढी / नेकपाका नेता खगराज भट्टले प्रधानमन्त्रीले चालेको कदम संविधानमाथिको प्रहार भएको बताए ।

उनले शुक्रबार धनगढीमा आयोजित प्रदेश सभा बैठकमा बोल्दै उनले भने– अहिले प्रधानमन्त्री ओली जंगबहादुरको नया रुपमा आएका छन । यस्तो प्रवृत्तिको सबैबाट प्रतिकार हुनुपर्छ ।

उनले देश बिचार र दृष्टीकोणबाट चल्ने भन्दै प्रधानमन्त्रीको कमेडीबाट देश नचल्ने बताए ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को झुटहरु बोल्दै जाने, देश र जनताको भविष्य धरापमा पार्ने प्रवृती मौलाएको बताए । यस्तै नयाँ नियुक्त गरेका मन्त्रीहरु ब्रोइलर कुखुरा मात्रै भएको बताए । भने यस्ता ब्रोइलर कुखुराले कुनै उपलब्धी नदिने र छोटो समयमै नष्ट भएर जाने बताए ।

भटट्ले ४० वर्ष प्रचण्डको संगत गरेकाहरु अहिले प्रचण्डकै विरोध गर्दै हिडेको भन्दै आक्रोस पोखे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार