२८ फाल्गुन २०८१, बुधबार

राष्ट्रपतिबाट पदीय मर्यादा उल्लंघन भयो– नेकपा नेता रावल




धनगढी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चर्ज भीमबहादुर रावलले राष्ट्रपति विद्या देवी भण्डारीबाट पदीय मर्यादा उल्लंघन भएको आरोप लगाएका छन् ।

“राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको गुट चलाउने काम मात्र भएको छ” शुक्रबार धनगढीमा आयोजित नेकपाको प्रदेश कमिटी बैठकमा उनले भने– यस्ता कामले राष्ट्रपति पदको मर्यादामाथि नै आ“च पुगेको छ ।

नेता रँवलले आफुहरूले निरन्तर पार्टी विभाजन हुनबाट रोक्ने प्रयास गरेको भए पनि प्रधानमन्त्री ओलीका कारण नै पार्टी विभाजन भएको दाबी गरे ।

उनले मुलुक कोरोना महामारीको सामना गरिरहेको वेला जनताले दिएको मतको अपमान गर्दै प्रधानमन्त्री ओलीले देशलाई जबरजस्ती चुनावमा धकेलेको भन्दै आक्रोस व्यक्त गरे ।

नेता रावलले छलकपट र अपराधिक मनस्थितिको गुटले “लौरी हाली झ्यौरी गर्ने’ चरित्र प्रदर्शन गरिरहेकोले आफूहरूले साथ छोडेको दाबी गरे ।

उनले प्रधानमन्त्री ओलीले देशको स्वाधिनतामाथि नै आ“च आउने काम गरिरहेको आरोप लगाए । उनले भने– प्रधानमन्त्रीको व्यवहार र आचरणले नेकपा पार्टी मात्रै नभएर सिंगो देश र संविधान नै धरापमा पर्न थालेको छ ।

नेकपाको प्रदेश कमिटीको खाताको रकम झिकिएको हल्लाबारे उनले पार्टीको प्रदेश कार्यालयको अर्को बैंक खातामा नै ३० लाख रुपैया रहेको बताए ।

उनले भने– पार्टीका तत्कालीन प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर चौधरीको नाममा रहेको बैंक खाताबाट ३० लाख रुपैया नया खातामा राखिएको हो ।

उनले पार्टीको प्रदेश कार्यालयको बैंक खाता सञ्चालन गर्ने क्रममा प्रदेश कमिटी सचिव र कार्यालय सचिवले काम बिशेषले अर्को बैंक खातामा रकम पठाउने र पार्टीको काममा खर्च गर्ने गरिएको बताए ।

उनले आफूहरू पार्टीको विधान अनुसार नै काम गरिरहेको बताए ।

एकअर्को प्रसंगमा उनले काठ तस्करीको अभियोग लागेका व्यक्तिलाई नै वनमन्त्री बनाइएकोमा आक्रोस व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीका अधिकांस मन्त्रीहरू थुपै्र आर्थिक भ्रष्टाचारमा लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार