२७ मंसिर २०८१, बिहीबार

कञ्चनपुरमा अर्को आकर्षक झोलुंगे पुल




पुर्नवास / कञ्चनपुर जिल्लामा फेरि अर्को आकर्षक झोलुड्ढे पुल निर्माण भएको छ । यसअघि महाकाली नदीमा दोधारा–चाँदनी क्षेत्रलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसंग जोड्न दुई दशकअघि आकर्षक पुल बनि सकेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाका बासिन्दाको आवतजावत सहज हुने गरेर २०३ मिटर लामो झोलुड्ढे पुल बनाएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीका अनुसार दोधा नदीमा बनेको सो पुल बनाउन एक करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।

सो पुलको प्रदेश सभा सदस्य तारा लामातामाङले शुक्रबार उद्घाटन गरे । सो अवसरमा पुर्नवास नगरपालिका प्रमुख जीवनराज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायकको पनि उपस्थिति रहेको छ ।

पुल बनेपछि दैनिकरुपमा हेर्न आउनेको संख्या एक हजारको हाराहारीमा रहेको स्थानीय खेम रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार