२५ मंसिर २०८१, मंगलवार

‘प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपा नै आधिकारिक हुन्छ’




धनगढी / पूर्वमन्त्री तथा नेकपाका नेता भानुभक्त जोशीले आधिकारीक नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी भएको बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजीत प्रदेश कमिटीको चौथो बैठ्कमा बोल्दै जोशीले आधिकारीक नेकपा प्रचण्ड–नेपाल समूह नै भएको दावी गरेका हुन् ।

उनले बैठ्कमा सहभागीहरुलाई भ्रममा नपर्न आग्रह गर्दै भने–निर्वाचन आयोगमा हाम्रो स्पष्ट बहुमत छ, आधिकारीक पार्टी हाम्रै हो, सूर्य चिन्हपनि हाम्रै हो, चोइटिएर गएकाहरुले आश नगर्दा हुन्छ ।

‘संघिय व्यवस्था मन नपरेकाहरुले दुई तिहाइ मन पराएनन् र ससंद विघटन गरे जोशीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधि सभा विघटन गरेका छन्, यसको कडा रुपमा प्रतिवाद गर्नुपर्छ ।

उनले जनताले दिएको दुई तिहाइ मतको अपमान गर्दै ओलीले संविधान विपरीत कु गरेको बताए । जोशीले गाउँगाउँमा भ्रम छर्ने काम भइरहेको भन्दै कसैलाई भ्रममा नपर्न र प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा आउन आग्रह गरे ।
उनले आफूले पार्टी अध्यक्ष बनाउन अभियानमा ओलीलाई साथ दिएको भए पनि पछिल्लो गतिविधिले उनलाई छोडेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार