१० श्रावण २०८१, बिहीबार

प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीको सपथ (भिडियो सहित)




धनगढी / सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यको बुधबार पद तथा गोपनियताको सपथ ग्रहण भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले उपाध्यक्ष केशरबहादुर साउँदलाई सपथ ग्रहण गराएका थिए ।
सो अवसरमा उपाध्यक्ष साउँदले आयोगका सदस्य मोहनदेव विष्टलाई पद तथा गोपनियताको सपथ गराए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले नवनियुक्त आयोगका पदाधिकारीलाई बधाई दिदै आवश्यक पर्ने र दीर्घकालिन महत्वका योजना बनाउन पदाधिकारीहरु सफल हुने विश्वास गरे ।

मुख्यमन्त्री भट्टले चाँडै रिक्त रहेको महिला सदस्यको पनि नियुक्ती गरिने जानकारी दिए ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै उपाध्यक्ष साउँदले सीमित स्रोत साधनका आधारमा प्रदेशलाई आवश्यक पर्ने योजनाको अध्ययन गरेर विकास योजना बनाउने प्रतिवद्धता गरे ।

सोमबार नियुक्त भएका अछामका साउँद निजामति कर्मचारीबाट निवृत्त हुन भने विष्ट दार्चुलाको गोकुलेश्वर क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार