१० श्रावण २०८१, बिहीबार

दलित नेटवर्कको पहल परियोजना शुरु





धनगढी / राष्ट्रिय दलित नेटवर्कले धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा दलितहरुको अवस्थाको अध्ययन गर्ने भएको छ ।

प्राध्यापक डा. हेमराज पन्त नेतृत्वको टोलीले दलितहरुको अवस्था बारे अध्ययन गर्ने भएको हो ।
सो अध्ययनले धनगढी उपमहामनगरपालिकालाई दलितका क्षेत्रमा कार्यक्रम बनाउन सघाउ पुगाउने अपेक्षा गरिएको राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विकले बताए ।

द एसिया फाउन्डेसनको सहयोगमा राष्ट्रिय दलित नेटवकले धनगढी उपमहानगरपालिकासित मिलेर कार्यक्रम सञ्चालन गर्ने पनि अध्यक्ष विकले बताए ।

दलितहरुको मानव अधिकार,मर्यादा, आर्थिक, सामाजिक, शसक्तीकरणको सवलीकरण मार्फत दिगो सुशासन प्रवद्र्धन परियोजना (पहल) नामक परियोजनाको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आइतबार शुभारम्भ भएको घोषणा गरे ।

सो अवसरमा डा. पन्त, राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिमका प्रमुख मोहन जोशी, सामाजिक अभियन्ताहरु शेबहादुर बस्नेत, चित्रा पनेरु, हेकमर्ण विक, चक्र विक, पत्रकार प्रकाशविक्रम शाहले कार्यक्रमको सफलताको लागि कामना गरेका थिए ।

सो अवसरमा राष्ट्रिय दलित नेटवर्कका हुकुम सार्कीले सो परियोजना बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार