कैलालीमा करिब ३ लाख बराबरको अवैध सामान बरामद
धनगढी । कैलालीमा सशत्र प्रहरी बलले करिब ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपीहरुले भन्सार छलेर ल्याइएका हार्डवयर, किराना लगायतका २ लाख ८० हजार ६ सय ६५ मूल्य बराबरको सामान बरामद गरेको बताइएको छ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय धनगढी तथा सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाइएको गणले जानकारी दिएको छ।