मन्त्री गौरिशंकरको पुत्ला दहन
धनगढी । संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको शनिबार कैलालीको हसुलियामा पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलारी गाउ कमिटीले प्रधानमन्त्री ओलीको प्रतिगमनको मतियार बनेको भन्दै मन्त्री चौधरीको पुत्ला दहन गरिएको बताएको छ ।
शनिबार बिहान बसेको गाउ“ कमिटीको बिस्तारित बैठककपछि मन्त्री चौधरीको पुत्ला दहन गरिएको नेकपा कैलाली सचिवालय सदस्य परशु चौधरीले बताए ।
नेकपा कैलाली सचिवालय सदस्य परशुले भने– गौरिशंकरजीले पुस ६ गते हसुलियामा भएको पार्टीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक छ, यसका बिरुद्ध आन्दोलनको बिकल्प छैन, त्यसैले आन्दोलनको लागि तयार रहन भने । तर काठमाडौं पुगेर प्रतिगमनको मतियार बनेर मन्त्री बने ।