१९ बैशाख २०८१, बुधबार

सामुदायिक कृषि तथा पशु हाटबजार सञ्चालन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का चिरन्जीवि पौडेल स्थानीय हाटबजारमा टर्की बिक्रका लागि आइपुगे । वडा नम्बर १८ मा सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाटबजार सञ्चालन आएपछि अरु पशुपालक किसान झैं उनी पनि टर्की बिक्रीका लागि पुगेका थिए ।

धनगढी उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र कैलाली र हाटबजार व्यवस्थापन समितिको लगानीमा सो हाट बजार सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसानलाई आफ्नो उत्पादन बिक्री सहज भएको छ । टर्कीपालक चिरन्जीवीले अनुमोदन संग भने– पहिले फोन र सामाजिक सञ्जालमार्फत र साथीभाईहरूलाई भेटेर मैले पालेको टर्की बिक्री गर्नुपर्ने अवस्था थियो, अब नजिकै हाटबजार शुरु भएपछि बिक्री गर्न सहज भएको छ ।

गाउ“बाट तरकारी संकलन गरेर हाटबजारमा बिक्रीका लागि आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का दिपेन्द्र पोखरेलले भने– यहाँ हाट बजार नहुँदा हामीले संकलन गरेको तरकारी धनगढी बजारमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता थियो । धनगढी पुर्‍याउन बढी समय र खर्चिलो हुने गर्दथ्यो । अब सहज भएको छ ।

तरकारी किसान तथा व्यापारी दिपेन्द्रले पनि स्थानीय हाटबजारमा नै तरकारी बिक्री बिक्री गर्न पाउ“दा खुशी भएको बताए । उनले भने– अहिले यही हाटबजार शुरु गरिएको छ । यसले हामीलाई सहज भएको छ । हामीले यहीको उत्पादन यही बिक्री गर्न पनि स्थान पाएका छौं ।

हाटबजारमा तरकारी किन्न आइपुगेका धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का खेम आचार्यले गाउँमै हाटबजार सञ्चालन भएपछि तरकारी खरिद र बिक्रीको लागि सुविधा भएको बताए ।

हाटबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले स्थानीयको मागलाई दृष्टिगत गर्दै हाटबजारलाई व्यवस्थित बनाई सञ्चालनमा ल्याइएको बताए । उनले भने– यहा“ २०६५ सालदेखि नै हाट बजार सञ्चालनमा ल्याइएको थियो, तर भौतिक संरचना नहु“दा कोही पनि किसान आउँदैनथे ।

अध्यक्ष कृष्णले हाटबजारको अभावमा किसानहरूले बिक्री गर्न नसकेर बारीमै तरकारी कुहाउनुपर्ने अथवा महंगो भाडा तिरेर धनगढी लगेर बिक्री गर्नुपर्ने बाध्यता अब अन्त्य भएको बताए ।
अध्यक्ष कृष्णका अनुसार धनगढी उपमहानगरपालिकाको ६७ लाख रुपैयाँ, कृषि ज्ञान केन्द्रको १५ लाख रुपैया“ र व्यवस्थापन समितिको ३० प्रतिशत रकम गरी एक करोड ३५ लाख रुपैयाँ बराबरको लगानीमा हाटबजारलाई व्यवस्थित बनाइएको बताए । उनका अनुसार अहिले हाटबजारमा एक गोदाम, कृषकहरूलाई उत्पादित वस्तु बिक्री गर्ने स्थान बनाइएको छ ।

अहिले सञ्चालनमा ल्याएको हाटबजारमा हप्ताको तीन पटक खुला गरिने बताए । उनले भने– हाटबजारमा सोमबार, बिहिबार र शनिबार गरी तीन दिन खुला गरिने छ । यहा“ तरकारी, पशुपन्छी लगायत वस्तु खरिद बिक्री गर्न सकिने छ ।

अध्यक्ष कृष्णले अहिले बिक्री वितरणका लागि आउने कृषकहरूबाट शुल्क लिने वा नलिनेबारे कुनै निर्णय नभएको बताए । उनले भने– अहिले व्यवस्थापन समितिले बिक्रीका लागि आउने कृषकहरूबाट शुल्क लिनेबारे केही निर्णय गरेको छैन । दुई÷तीन महिनाभित्रै शूल्क लिने वा नलिने भन्ने निर्णय गरिनेछ ।

स्थानीयका अनुसार सो हाटबजारमा कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडा कृषक समुहहरू तरकारी तथा पशुपंछी खरिद बिक्रीका लागि आउने अपेक्षा गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८, १६ र १२ का गरी ४५ वटा कृषक समुहहरू रहेको जनाइएको छ ।

केरा आन्दोलनका अगुवा आचार्यसहित कृषकहरू सम्मानित

सुदूरपश्चिम प्रदेशमा भारतीय केरा आयात रोक्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका केरा केरा कृषक लक्षीराम आचार्यलाई सम्मान गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा शनिबार हाटबजार उद्घाटन समारोहमा कृषक आचार्य सहितका कृषकहरूलाई सम्मान गरियो ।

कार्यक्रममा कैलालीको टीकापुरका किसान टेकेन्द्र धामी, कञ्चनपुर गुलरियाका सुरेन्द्र चौधरी तथा महेन्द्रनगरका किसान पूर्ण साउदलाई सम्मान गरियो ।

त्यस्तै, तरकारी कृषक राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई पनि सो अवसरमा सम्मान गरियो ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले किसानहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सम्मान गरिएका केरा आन्दोलनका अगुवा कृषक लक्षीरामले सरकारले किसानहरूका समस्या सम्बोधन गर्न जहिले पनि उदासिनता देखाउने गरेको गुनासो गरे ।

उनले भने– सरकारी ऐनकानून, नीति कृषकका पक्षमा छन्, तर व्यवहारमा वास्तविक किसानका समस्या ज्यू“का त्यू“ नै रहेको अवस्था छ ।

उनले कृषकहरूलाई समयमै मलखाद, आवश्यक वीऊबिजन, कृषि उपकरणहरू उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिन माग गरे । उनले भने– कृषिबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ । यसका लागि सबैभन्दा बढी सरकार नै गम्भीर हुनु पर्दछ ।

उनले युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले समयानुकुल नीति ल्याउनु पर्ने र विद्यमान नीति, ऐनकानून प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

समयमै कृषकका समस्या सम्बोधन हुनुपर्छ– नगर प्रमुख वड

कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सरकारहरुले समयमै कृषकहरूका समस्या सम्बोधन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

हाटबजार उद्घाटन कार्यक्रममा नगर प्रमुख वडले भने– धनगढी उपमहानगरपालिकाले आफ्नो कुल बजेटमध्ये १० करोड रुपैया कृषि क्षेत्रका लागि विनियोजन गरेको छ । तर, रकम विनियोजन गरेर मात्र पुग्दैन, त्यसलाई कृषकको हकहितको पक्षमा खर्च गर्न पनि हामी गम्भीर छौं ।

उनले समयमै कृषकलाई आवश्यक मलखादको व्यवस्था गर्न, उपकरण उपलब्ध लगायतका कार्यक्रममा खर्च गरिनुपर्ने बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले हाटबजार सञ्चालन गरेर मात्र नहुने भन्दै कृषकहरूले कृषि उत्पादनमा पनि बढी लाग्नु पर्ने बताए । उनले भने– किसानहरूले उत्पादन बृद्धि गर्न सकेनन् भने हाटबजार सञ्चालन ल्याए पनि किसानलाई कुनै लाभ पुग्दैन ।

प्रमुख प्रशासकीय अधिकृत पन्तले धनगढी उपमहानगरपालिकाले कृषिलाई बढी प्राथमिकता राखेर कार्यक्रम तथा बजेट बनाएको चर्चा गरे ।

उनले भने– उपमहानगरपालिकाका केही वडामा कृषि उब्जनी राम्रो छ । र, कृषि उपादकत्व राम्रो रहेका वडा तथा गाउमा उपमहानगरपालिकाले अझ बढी प्रयास गर्नुपर्दछ ।

हाटबजार उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीले हाटबजारले यहा“का किसानहरूलाई सहज बनाएको बताए ।

उनले भने– यो हाटबजारले यहा“का उत्पादनलाई बिक्री वितरण गर्न सहज बनाएको छ । छिट्टै यही कोल्ड स्टोर पनि सञ्चालन हु“दै छ । त्यसले पनि किसानलाई राहत हुन्छ ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले विगतमा कृषकहरूले उत्पादन गरेको तरकारी बिक्री गर्ने स्थान नपाउँदा समस्या भोग्नुपरेको बताए ।
उद्घाटन कार्यक्रम समितिका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार