२ जेष्ठ २०८१, बुधबार

प्रतिनिधि सभा विघटन विरुद्ध साझा लडाई आवश्यक : मन्त्री चौधरी



धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रतिनिधि सभा विघटन विरुद्ध साझा संघर्ष आवश्यक रहेको बताएकी छिन् ।

शनिबार धुर्जन्नामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले पाँच वर्षको म्यान्डेटका साथ निर्वाचित प्रतिनिधि सभा विघटनको घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा गरेकोले त्यसको विरुद्ध सबैले एकजुट भएर संघर्ष गर्नुपर्ने बताइन् ।

उनले भनिन्– प्रधानमन्त्री केपी शर्माओलीको यो कदमले नेपाली जनताले वर्षौसम्म लडेर संविधान सभाबाट जारी भएको नेपालको संविधान नै खतरामा परेको छ, त्यसैले यो संविधानको रक्षाका लागि हामी सबैले एकजुट भएर संघर्ष गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार