२३ बैशाख २०८१, आईतवार

बोगटी पुनः महासंघको प्रदेश अध्यक्षमा चयन



धनगढी । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा शंकर बोगटी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार डोटीमा भएको उद्योग वाणिज्य महासंघको चौथो वार्षिक साधारण सभाले बोगटीलाई प्रदेश अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष समेत रहेका रामबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै एशोसिएट उपाध्यक्षमा धनगढीका हार्डवयर व्यवसायी अनिलकुमार भुजनीया, कोषाध्यक्षमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानकुमार शर्मेली पनि सर्वसम्मत चयन भएको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार