१० श्रावण २०८१, बिहीबार

कैलालीबाट ओलीले थपे २५ केन्द्रीय सदस्य (नामावली सहित)




धनगढी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले कैलाली जिल्लाबाट मात्रै पार्टी केन्द्रीय सदस्यमा २५ जना थपेको छ ।

ओली समूहका नेता रतनबहादुर थापाले कैलाली जिल्लाबाट २५ जना नयाँ केन्द्रिय सदस्य थपिएको जनाए ।

उनका अनुसार अहिले कैलालीबाट नेकपाको केन्द्रीय सदस्य संख्या ३१ पुगेको छ । ओलीले सोमबार ४४७ जना केन्द्रिय सदस्य थप्दा कैलालीका २५ जना परेका छन् । योसंगै नेकपा केन्द्रीय सदस्य संस्था एक हजार तीन पुगेको छ । ओलीले थप ११६ जना थपेर यो संख्या ११९९ बनाउने घोषणा गरेका छन् ।

ओलीले केन्द्रीय सदस्य थप्दा सुदूरपश्चिम प्रदेशबाट ७० देखि ७५ जना परेको नेकपा केन्द्रीय सदस्य नारदमुनी रानाले बताए । उनले पूर्व एमालेबाट मात्रै कैलालीमा २५ जना केन्द्रीय सदस्य थपिएको बताए । उनले पुर्व माओवादीबाट कति जना केन्द्रीय सदस्य थपिए भन्ने एकीन हुन नसकेको बताए ।

ओलीले थपेको केन्द्रीय सदस्यमा कैलालीका यज्ञराज बास्तोला, रतन थापा, रणबहादुर चन्द, डेजी पाण्डे राजेशकुमार खाती, नेपालु चौधरी, रतन रेग्मी, गोमा आचार्य, कमला ओली, समबहादुर थापा, रुकमणी देवकोटा, सन्तोष शर्मा, ममताप्रसाद चौधरी, हरिसिंह साउँद, डिल्लीराज भट्ट, पदम सिंगाल, विष्णु चौधरी, जिवन्ती पौडेल, , कमला शाही, नवलसिंह रावल लगायत रहेका छन् ।

शाही तत्कालिन माओवादी पक्षकी हुन भने रावलले पद अस्वीकार गर्ने जनाइएको छ ।
यसअघि, केन्द्रीय सदस्यमा कैलालीबाट लेखराज भट्ट,महेश्वर पाठक नारदमुनी राना, लिला भण्डारी, दीपक देवकोटा र गौरीशंकर चौधरी थिए ।

यसअघि नेकपा एक रहँदा कैलालीबाट १३ जना केन्द्रीय सदस्य रहेका थिए ।ती मध्ये वीरमान चौधरी, हरिराम चौधरी,गरिमा शाह, झपट रावल, नेपबहादुर चौधरी र रुपा चौधरी प्रचण्ड–माधव समूहमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार