१० श्रावण २०८१, बिहीबार

लागु औषध कारोबार र खाग तस्करीमा संलग्न पक्राउ



धनगढी । प्रहरीले लागु औषध कारोबारी एक जना र खाग तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहिबार राति चरेशको कारोबार भई रहेको सुचनाको आधारमा अत्तरिया बजारको पहाड रोडबाट ३३० ग्राम चरेश र नगद एक लाख बाह्र हजार तीन सय पच्चिस रुपैयाँ सहित बैतडीको दोगडाकेदार गाउँपालिका वडा न १ का २६ वर्षीय तोरणप्रशाद जोशीलाई पक्राउ गरेको हो ।

लाखेती प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, शुक्रबार बिहान अत्तरिया बजारमा चितुवाको छाला र हड्डी कारोबार भई रहेको सुचनाको आधारमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका वडा नम्बर ५ लामीखालका ३५ वर्षीय बिरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामीलाई पक्राउ गरेको हो । उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अत्तरियास्थित मिट प्वाईन्ट होटलबाट पुनलाई चितुवाको एक थान छाला, २ थान हड्डी सहित पक्राउ गरेको छ ।

उनीमाथि थप अनुसन्धान गर्दा घटना संलग्न धामीद्वय पक्राय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जनाए । उनले तीनै जनालाई कारबाहीका लागि चितुवाको छाला र हड्डीसहित डिभिजन वन कार्यालय कैलालीमा पठाएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार