१३ बैशाख २०८१, बिहीबार

धनगढी मावि एक सातासम्म बन्द



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी नमुना प्राविधिक विद्यालयले बिहीबारदेखि एक हप्तासम्मका लागि विद्यालय बन्द गरेको छ ।

विद्यालयका एक शिक्षकमाथि कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि एक हप्ता लागि अध्ययन÷अध्यापन बन्द गरेको हो । विद्यालयका प्राध्यापक लक्ष्मण भट्टले विद्यालय व्यवस्थापन समितिको बैठक बसी सो निर्णय गरेको बताए । उनका अनुसार ‘कन्ट्याक्ट टे«सिङ’मा परेका सबै शिक्षकहरुको कोरोना परिक्षण गरिने छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयमा पनि एक बुधबार शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ । ‘हामीले उपमहानगरपालिकामा स्वाव संकलनका लागि पत्र पठाएका छौं । सम्भवत एक÷दुई दिनमै सबै शिक्षकले स्वाव दिनेछन’ विद्यालयका प्राध्यापक तेजबहादुर सिंहले भने । उनले संक्रमण पुष्टि भएका शिक्षकलाई विद्यालयबाटै भयो वा अन्यत्रबाट त्यो भने पत्तो हुन नसकेको बताए ।

उनले विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराइरहेको बताए । उनले भने– नेपाल सरकारको निर्देशन बमोजिम विद्यालय सुचारु गरेका थियौं । विद्यार्थीको भविष्य अन्धकारमा राख्नु हु“दैन भनेर जोखिम मोलेर विद्यालय सुचारु गरेका हौं ।’ उनले विद्यालयले एउटा गु्रपलाई हप्तामा तीन दिन पढाउने गरेको बताउ“दै– अब हामीले हप्तामा दुई दिने बनाउने भन्ने की छलफल गर्ने छौं ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यामिक विद्यालयमा पनि कोरोना संक्रमण पुष्टि भएपछि अध्यापन एक हप्ताका लागि बन्द गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत अकवर चन्दले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको बताए ।

उनले भने– वडा नम्बर ३ स्थित त्रिभुवन माध्यामिक विद्यालयको लेखापालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर, विद्यालयले लेखापालमा देखिएकोले घरमै बस्न सुझाव दिई विद्यालय सञ्चालन गरेका छन् ।’ उनले विद्यालय व्यवस्थापन समितिले कुनै शिक्षकमा कोरोनाको लक्षण देखिएमा बन्द गर्ने जनाएको छ ।

उपमहानगरपालिकाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायले भने– अहिले शिक्षकमा पनि कोरोना देखिएको भन्ने सुन्नमा आएको छ । तर, उपमहानगरपालिकाभित्र के–कति शिक्षकमा देखिएको छ । त्यो भने छुट्याइएको छैन ।’ उनले अहिले संक्रमित बढ्दै गएकोले एकमुष्ट संक्रमितको संख्यामात्र राख्ने गरिएको बताए ।

उनले अहिले सामुदायिक विद्यालयले मात्र शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण देखिने वित्तिकै बन्द गरेको जानकारी गराउने गरेको बताए ।

उप–महानगरपालिकाका शिक्षा अधिकृत अकवर चन्दले भने– सामुदायिक विद्यालयले हामीलाई जानकारी गराएको छ । नीजि विद्यालयमा के अवस्था छ त्यो बारे जानकारी आएको छैन ।’
सामुदायिक विद्यालयका एक प्राध्यापकले भने– हामीले अरुलाई पनि संक्रमण नफैलियोस भनेर जानकारी दिएर सेवा बन्द गरेका हौं । तर, नीजि विद्यालयबाट त्यस्तो जानकारी आउ“दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार