१० श्रावण २०८१, बिहीबार

असम्वैधानिक कदमका विरुद्ध उत्रिन आव्हान



दीर्घबहादुर सोडारी मन्त्री, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ७


धनगढी / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका कैलाली अध्यक्ष दीर्घ सोडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अम्वैधानिक कदमका विरुद्ध उत्रिन आव्हान गरेका छन् ।

धनगढीस्थित कवर्ड हलमा युवाहरुलाई सम्वोधन गर्दे सोडारीले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विगठन गरेर देशलाई अस्थिरतातिर धकेल्न खोजेको पनि बताए ।

जिल्ला अध्यक्षमा मनोनित भएपछि काठमाडौबाट धनगढी आएका सोडारीले संसद विगठनका लागि संविधानमा कुनै व्यवस्था नभएकोले न्यायलयले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्षमा पुर्नवहाली भएका सोडारीलाई स्वागत गर्न युवाहरुको ठूलो समूह धनगढी विमानस्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार