१३ बैशाख २०८१, बिहीबार

शिक्षामा बालिकाको पहुँच बृद्धि



धनगढी । सरकार र विभिन्न संघसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ ।
सीमान्तकृत बालिकाको शिक्षामा पहु“च अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबीच धनगढीमा आयोजित कार्यक्रममा उनीहरूले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताए ।
सुदूरपश्चिम प्रदेशका झण्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहु“च बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताए । उनले भने, ‘बालिकाहरूलाई सहजरुपमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरू पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।’
धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको बताए । अझैपनि भौगोलिकरुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उनले भने ।
बालिकाको शिक्षामा थप पहु“च बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरूको जोड थियो । मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी ऐजुकेशन (बेस) जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहु“च बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहु“च सहयोग परियोजनामार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार