१० श्रावण २०८१, बिहीबार

संसद विघटन विरुद्ध जसपाको प्रदर्शन



धनगढी । सरकारले संघीय संसद बिघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार धनगढीमा बिरोध प्रदर्शन गरेको छ ।

संसद विघटन विरुद्ध जसपाले देशभरनै विरोध गरिरहेको छ । यसक्रममा बुधबार धनगढीमा सरकारको सो कदमको विरुद्ध प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि एलएनचोकसम्म सरकार विरुद्ध नाराबाजी सहित विरोध ¥यालीको आयोजना गरेको छ ।
विरोध ¥यालीमा जसपाका केन्द्रिय सदस्य डाक्टर जनक बहादुर शाहले हरियो सर्पले देशलाई बर्वाद पार्न खोजेकाले सडकमा ओर्लिन बाध्य भएको बताए ।
केन्द्रीय सदस्य शाहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हरियो सर्पको संज्ञा दिंदै सवै दल मिलेर हरियो सर्पको हातबाट देशलाई बचाउनु पर्ने बताए । उनले संसद भंग गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको जिकिर गरे ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राजेन्द्र देवकोटाले टीकापुर घटनामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएका थारु नेताहरूको तत्काल रिहाई हुनु पर्ने बताए ।
त्यसैगरी जसपाका विद्यार्थी नेता टंक थमनले प्रधानमन्त्री ओलीलाई सिंहदरबारबाट निकाल्नु पर्ने बताए । उनले देशमा अप्ठ्यारो आउ“दा विद्यार्थीले गर्ने आन्दोलन महत्वपूर्ण हुने बताउ“दै वर्तमान समयमा पनि युवा शक्ति अझ मुखर रुपमा अघि आउनुपर्ने बताए ।
कार्यक्रममा थारुवान थरुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव थारुले थारु समुदायका मुद्दालाई कमजोर पार्न थारु नेताहरूलाई जेल कोच्ने सरकारको कदम विरुद्ध आन्दोलन गर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य मालामति राना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन जसपाका प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरी कुन्दनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार