७ कार्तिक २०८१, बुधबार

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन पूर्वतयारीमा जोड दिनुपर्ने



धनगढी । सुदूरपश्चिम प्रदेशमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि पूर्बतयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

गैरसरकारी संस्था महासंघले बिहीबार धनगढीमा आयोजना गरेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रमका सहभागीहरुले प्रदेशमा बढ्दो विपद् जोखिम न्यूनिकरणका लागि सरकार र सरोकारवाला निकायहरुले पूर्वतयारीका लागि विशेष ध्यान दिनु पर्ने औल्याएका हुन् । उनीहरुले जोखिम न्युनिकरण र व्यवस्थापनको सन्दर्भमा सरोकारवालाहरुले विपद् आइसकेपछि सक्रियता बढि देखिएपनि पूर्वतयारीमा ध्यान पुगेको पनि औंल्याए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामाले विपद् जोखिम न्यूनिकरणका लागि सबै संस्थाले कार्य योजना बनाएर अघि बढ्नुको विकल्प नभएको बताए । उनले पूर्वतयारीमा विशेष ध्यान दिन सकेमा क्षति न्युनिकरणमा ठूलो मद्दत पुग्ने पनि बताएन ।
उनले स्थानीय तहसँग मिलेर विपद् जोखिम न्यूनिकरणमा नागरिक समाजलाई सचेत गराउनुपर्ने बताए । उनले स्थानीयस्तरसम्म विपद् जोमिख न्युनीकरणका लागि सचेतना पुगिनसकेको बताए । दिगो विकासका लागि विपद् जोखिम बाधक भएकोले कार्य योजना बनाएर लागूनपर्ने उनले बताए ।

कार्यक्रममा महासंघका महासचिव रामप्रसाद सुवेदीले विपद् व्यवस्थापनका लागि तीन वटै तहका सरकारबीच समन्वयकारी भूमिका हुन आवश्यक रहेको बताए । तीन वटै सरकारबीचको समन्वयकारी भूमिकाले विपद् व्यवस्थापन न्यूनिकरणमा महत्वयूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य भवराज रेग्मीले सुदूरपश्चिममा विपद् व्यवस्थापनका समस्या सवाल, टीकापुर नगरपालिकाका सूचना अधिकारी रञ्जु आचार्यले विपद् व्यवस्थापनमा टीकापुर नगरपालिकाको अभ्यास, डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्लामा विपद् जोमिख न्युनिकरणका लागि गरिएका प्रयास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मोहनराज जोशीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

महासंघका प्रदेश अध्यक्ष देबीप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा नागरिक समाजका अगुवा धर्मराज पाठक, महिला अधिकारकर्मी सावित्री घिमिरे लगायतले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी धारण राखेका थिए ।

यसैगरी, गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको साधारण सभा बिहिबार धनगढीमा सम्पन्न भएको छ । साधारण सभाले महासंघको वार्षिक प्रगति समिक्षा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार