१० श्रावण २०८१, बिहीबार

प्रचण्ड – माधव समूहको कैलाली अध्यक्षमा सोडारी



दीर्घबहादुर सोडारी मन्त्री, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ७


धनगढी / सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री सामाजिक विकासमन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा भएको छ ।

काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीको कारबाही फुकुवा गरेर फेरि कैलाली अध्यक्षमा चयन गरेको हो । उनी तत्कालिन एमालेका निर्वाचित अध्यक्ष थिए ।

सोडारीलाई खास कुनै कारण उल्लेख नगरेर पार्टी अध्यक्ष र मन्त्री पदबाट निस्कासन गरिएको थियो । उनलाई हटाएर नेकपाकै नेता सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी र उपाध्यक्ष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

अध्यक्ष सोडारी कैलाली क्षेत्र नम्बर ४ [ क ] बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार