१० श्रावण २०८१, बिहीबार

यूनियनको पहलमा तीन लाख बढी सहयोग




दार्चुला / कोरोबाट मृत्यु भएका नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत स्टोर प्रमुख पदमसिंह बडालको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण ( आधिकारिक ट्रेड यूनियन ) राष्ट्रिय कर्मचारी यूनियन सुदूरपश्चिम प्रदेशले बडालको परिवारलाई तीन लाख बढी सहयोग गरेको हो ।

आधिकारिक ट्रेड यूनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष लोगबहादुर विष्टले पदमसिंह बडालकी श्रीमति विरमा महरा बडाललाई दार्चुला खलंगा पुगेरै सो रकम हस्तान्तरण गरे ।

अध्यक्ष विष्टका अनुसार सुदूरपश्चिममा कार्यरत आम कर्मचारीबाट सो रकम जुटाएर बडाल परिवारलाई वितरण गरिएको हो । बडाल यूनियनका सुदूरपश्चिम प्रदेश सदस्य पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार