१० श्रावण २०८१, बिहीबार

जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

धनगढी उपमहानगरपालिका र वडा कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत आइतबार वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।

आइतबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उनीहरूलाई कम्बल तथा उनी शल वितरण गरिन् ।

सो अवसरमा उपप्रमुख भट्टले भनिन्– अहिले कोरोनाको महामारी छ । झन् चिसो मौसममा यो महामारी अझ बढ्छ । तपाईंहरूलाई यो चिसोमा केही सहजता मिलोस भनेर हामीले न्यानो कपडा वितरण गरेका छौं ।

उनले आगामी दिनमा पनि उपमहानगरपालिकाले एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर कार्यक्रम निर्माण गर्ने बताइन ।

उनले भनिन्– वडामा एकल महिला, अपाङ्गता भएका व्यक्ति भए पनि परिचयपत्र लिनबाट थुप्रै छुटेका छन्् । कतिपयले पैसा पाउने भएपछि मात्र परिचयपत्र लग्ने गरेका छन्् । तर, त्यस्तो होइन, अन्य सेवा सुविधा लिन पनि परिचयपत्रले मद्दत गर्ने भएकाले सबैले बनाउन जरुरी छ ।

कार्यक्रम वडा नम्बर १७ का वडाध्यक्ष माधवराज रानाको अध्यक्षतामा भएको थियो ।

१७ नम्बर वडा कार्यालयले आइतबार एक सय ९० ज्येष्ठ नागरिक, ४१ ज्येष्ठ नगारिक महिला, ७१ एकल महिला, २५ जना अपाङता भएका व्यक्तिलाई कम्वल, तथा उनी शल वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार