१० श्रावण २०८१, बिहीबार

जिल्ला अदालतको फैसला उल्टियो



लक्ष्मण थारू र रेशम चाैधरीसहित ७ जनालाई जन्म कैद

धनगढी । उच्च अदालत दिपायलले सांसद रेशम चाैधरीकाे मुद्दामा जिल्ला अदालतकै फैसला सदर गर्दै जन्म कैदको सजाय सुनाएको छ। बिहीबार उच्च अदालत दिपायलले  चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो। अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ। यस अघि घटनाका अर्का दोषी लक्ष्यमण थारुलाइ भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।

सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घट्नामा दोषी ठहर गरिएको हो ।

उच्च अदालतले गरेकाे फैसलाकाे संक्षिप्त टिप्पणी आदेश यस्ताे छ : 

यसमा प्रतिवादीहरु मध्ये रेशमलाल चौधरी,हरिनारायण चौधरी, प्रदिप चौधरी, विरबहादुर चौधरी, राजेश चौधरी,सीताराम चौधरी र गंगाराम चौधरी समेत जना ७ को हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महको १ नं. को कसूरमा सोही महलको १३(3) नं बमोजिम जन्म कैद हुने र सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ बर्ष कैद सजाय समेत हुने ठहर्याई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५/११/२२ कोफैसला मिलेको देखिंदा सदर हुने ठहर्छ।

अभियोग दावीबाट सफाई पाउँ भन्ने निज  प्रतिवादीहरुको पुनरावेदन जिकिर र डाँका चोरीमा समेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न अर्का प्रतिवादी लक्ष्मण थारुले टिकापुर घटनाको योजना बनाई नेतृत्व लिई निर्दोष राष्ट्र सेवक प्रहरी अधिकृत तथा कर्मचारी र नाबालकको ज्यान लिने गरी भएको विभत्स घटना घटाउन घटनास्थलमा उपस्थित समेत भई बचन दिएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि  भै रहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसूरमा सोहीमहलको १७(3) नं. बमोजिम सजाय हुने ठहऱ्याई भएको सुरु अदालतको फैसला मिलेको  नदेखिंदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग मागदावी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा सोही महलको १३(4) नं. बमोजिम जन्म कैद  हुने ठहर्छ ।

साथै निजलाई सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा ५ बर्ष कैद सजाय समेत हुने ठहर्छ। अभियोग दावीबाट सफाई पाउँ भन्ने निज पुनरावेदक प्रतिवादीकोपुनरावेदन जिकिर पुग्न सक्दैन । डाँका चोरी तर्फ वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।

अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दिल बहादुर चौधरी र जित बहादुर चौधरी हातहतियार सहित वारदात स्थलमा महजुद रहेको तथ्य स्वीकार गरी बयान गरेकोमा सुरु

– अदालतबाट मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसूरमा सोही महलको  १७(3) नं. बमोजिम सजाय हुने ठहऱ्याई भएको फैसला मिलेको नदेखिंदा केही उल्टी भईनिज प्रतिवादीहरुलाई उक्त महलको १७ (1) नं. बमोजिम जनही १० बर्ष कैद हुने 

ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान मार्ने उद्योगतर्फ ज्यान सम्बन्धीमहलको १५ नं. बमोजिम जनही ५ बर्ष कैद हुने ठहर्छ।

प्रतिवादी श्रवण कुमार चौधरीको हकमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा सोही महलको १३(3) नं. बमोजिम जन्म कैद ठहयाई नाबालक भएकोले सो कोआधि सजाय हुने गरी भएको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन।

प्रतिवादी सुन्दरलाल कठरिया, बृज मोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धिको महलको १ नं. को कसूर कायम गरी सोही महलको  १३(3) नं. बमोजिम सजाय हुने ठहन्याई भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरुको  कसूरमा संलग्नताको आधारमा उक्त महलको १७(2) नं. बमोजिम जनही ५ बर्ष कैद सजाय  हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन। ज्यान मार्ने उद्योगतर्फ सुरुफैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । सफाई पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन।

प्रतिवादी रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीको हकमा निज प्रतिवादीहरुको वारदातमा रहेको संलग्नता अनुसार मुलुकी ऐन ज्यानसम्बन्धिको महलको १ नं. को कसूरमा सोही महलको १७(3) नं. बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिंदा केही उल्टि भई निज प्रतिवादीहरुलाई उक्त महलको १७(2) नं. बमोजिम जनही ५ बर्ष कैद सजाय हुने ठहर्छ।

पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन। प्रतिवादी चुन्नीराम चौधरी लाहुराम चौधरी र राम कुमार कठरियाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. को कसूरमा सोही महलको १७(3) नं. बमोजिम जनही ३ बर्ष कैद सजाय हुने ठहऱ्याई भएको सुरुको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ।

पुनरावेदकप्रतिवादी र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सकदैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार