६ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : बिहीबार ८३ जना नयाँ बिरामी थपिए




धनगढी/ सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा बिहीबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७६७ स्वाव परीक्षणगर्दा ृथप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा ४२३ स्वाव परीक्षणहुँदा ५७, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १७ वटा स्वाव परीक्षणगर्दा चार, बझाङ अस्पतालको प्रयोगशालामा २१८ स्वाव परीक्षणहुँदा १५, बैतडी अस्पतालमा ७२ स्वाव परीक्षणहुँदा एक र अछामको कमलबजार प्रयोगशालामा ३७ स्वाव परीक्षणगरिदा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीका ३१, कञ्चनपुरका ११, अछामका छ, बैतडीका एक, बझाङका १५, बाजुराका १४, डडेल्धुराका चार, डोटीका एक र दार्चुला एक जना रहेका छन् ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार चार सय २३ नमूना परीक्षण गर्दा कैलालीका ३१ सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीकै भजनी नगरपालिकाका पाँच जना, गोदावरी नगरपालिका, कैलारी गाउ“पालिका र जानकी गाउँपालिकाका दुई/दुई जना, टीकापुर नगरपालिकाका एक जना र कैलालीकै ठेगाना नखुलेका सात जनामा संक्रमण पुष्टि भएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार जना, बेदकोट नगरपालिकाका दुई जना, शुक्लाफा“टा नगरपालिका र कृष्णपुर नगरपालिकाका एक/एक जना, ठेगाना नखुलेका तीन जनामा पनि संक्रमण देखिएको छ ।

यसैगरी बाजुराको बडीमालिका नगरपालिकाका १४ जना र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

बैतडीमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पाटन नगरपालिका ६ का ५४ वर्षीया महिला कोरोना संक्रमण पुुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ७० जनाको स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५९२ पु्गेको छ । जसमध्ये हाल ५३ जनामात्रै सक्रिय संक्रमित अवस्थामा रहेका छन्।

यस्तै, बिहीबार थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरका ११ र बैतडीका पाच गरी १६ जना संक्रमणमुक्त भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमणमूक्त हुनेको संख्या १० हजार एक सय १२ पुगेको छ ।

प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा २५, कञ्चनपुरमा आठ, बाजुरा, अछाम, दार्चुलामा दुई/दुई, बझाङ, डडेल्धुरामा तीन/तीन, बैतडी र डोटीमा एक÷एक गरी ४७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार