१४ बैशाख २०८१, शुक्रबार

पूर्ण खोपका लागि स्वास्थ्यकर्मी परिचालन



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउ“ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

२०७४ कात्तिक १४ गते टीकापुर पूर्ण खोप नगरपालिका घोषणा भएकोमा त्यसपछिका दिनमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा जानकारी लिन स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ ।

गत वर्ष चैतमा तथ्यांक संकलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरस संक्रमणका कारण काम गर्न नसकेको जनाएको छ । यो अवधिमा बाहिरबाट आउने र कोरोनाका कारण खोप लगाउन खोप केन्द्रसम्म आउन कठिनाई भएको नगरपालिकाले जनाएको छ ।
टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि ४० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा एक सय २० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । तथ्यांक संकलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसंख्यासहितकोे कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ ।

उनले भने– स्वास्थ्यकर्मीले ल्याएको तथ्यांकलाई नगरस्तरीय खोप समन्वय समितिमा बुझाउँछौं । कोही बालबालिका खोपबाट छुटेको भए उनीहरूलाई खोप दिने काम गर्छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार