१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा तेइस सय बढी संक्रमण सक्रिय संक्रमित



धनगढी । प्रदेशमा हालसम्म कुल संक्रमितमध्ये दुई हजार तीन सय २५ सक्रिय संक्रमित रहेका छन । निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा पाँच सय ४५ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, अछाममा तीन सय ४५, बझाङमा तीन सय ३७, दार्चुलामा दुई सय ५७, डडेल्धुरामा दुई सय ५५, कञ्चनपुरमा दुई सय नौ, डोटीमा एक सय ८९, बैतडीमा एक सय १७ र बाजुरामा ३४ रहेका छन ।
यस्तै अन्य जिल्लाका ३५ र अन्य देशका दुई जना सक्रिय संक्रमित रहेका छन । प्रदेशमा तीन सय १० आइसोलेसन रहेकोमा ६१ जना संक्रमितहरू एपचाररत रहेका छन भने १० जना आइसियू र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन । एक हजार आठ सय ५० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

६९ जना नयाँ बिरामी बढे

सुदूरपश्चिम प्रदेशका चार वटा प्रयोगशालामा चार सयको परीक्षण गर्दा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३७ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय नौ जनाको नमूना परीक्षण गर्दा ४१ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ९४ जनाको नमूना परीक्षण गर्दा १५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा २४ जनाको नमूना परीक्षण गर्दा छ जना र जिल्ला अस्पताल बझाङमा ४० जनाको नमूना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।

प्रदेशमा कैलालीका २७, कञ्चनपुरका आठ, अछामका १५, बझाङका सात, डडेल्धुराका एक र डोटीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै गौरीगंगा नगरपालिकाका तीन जना, गोदावरी नगरपालिकाका दुई जना र टीकापुर नगरपालिकाका एक जनामा संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका चार जना, शुक्लाफा“टा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका दुई÷दुई जना र बेलौली नगरपालिकाका एक जनामा समेत संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी डोटीका पाँच जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार तीन सय ७८ पुगेको छ ।

यस्तै, आइतबार थप ४६ जना कोरोना संक्रमणमुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बैतडीका दुई, कञ्चनपुरका १०, अछामका ३२ र कैलालीका दुई गरी ४६ जना संक्रमणमुक्त भएका छन । योसंगै प्रदेशमा कोरोना संक्रमणमूक्त हुनेको संख्या १० हजार सात पुगेको छ ।

थप दुईको मृत्यु

एकै दिन धनगढीमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ५५ बर्सिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या लिएर मङ्सिर २२ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएको थियो ।

आइतबार बिहान पनि जिल्लाको गोदावरी नगरपालिका १ का ७५ बर्सिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

योसंगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा २५, कञ्चनपुरमा सात, बाजुरा, अछाम, दार्चुलामा दुई÷दुई, बझाङ, डडेल्धुरामा तीन÷तीन, बैतडी र डोटीमा एक÷एक गरी ४६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार