१० श्रावण २०८१, बिहीबार

धनगढीको कैलाली गाउँमा चोरी बढ्यो



कैलाली । धनगढी उपमहानगरपालिका १३ कैलाली गाँउमा चोरहरु सकृय बन्न थालेका छन ।
त्यस क्षेत्रमा रातीको समयमा बढी चोरहरु सकृय बन्न थालेका हुन ।

मोटर, नलका धारा लगाएतका सामाग्री चोरी गरेर नागरिकहरु लाई आक्रन्त पार्ने गरेको स्थानिय बताउछन ।

बिहिबार राती मात्र चोहरुले वडा नं १३ स्थित जनता रास्टिय माध्यामिक बिधालय नजिक रहेको निसान्त कुवँर को घर बाट मोटर र पानी तान्ने नलका चोरी गरेको छ ।

निसान्त ले भने राती को बेला चोरहरु ले पानी तान्ने नल्का केही सामाग्री र मोटर चोरेर लगेको बताए ।

हामी त आक्रान्त छौ , उनले भने यो क्षेत्रमा केहि समय चोरहरु सक्रिय छन घर आगनमा राखेका कुनै बस्तु रहने गरेका छैनन ।

चोरहरुको नियन्त्रण गर्न अस्थाई प्रहरी पोष्ट स्थापना त छनि सक्रिय हुनु पर्ने होईनर स्थानिय पुर्ण कुवर ले भने नागरिकको जिउ धन सुरक्षाका लागी त होनी ।

रातीको समयमा प्रहरी ले गस्ती गरी चोरहरु नियन्त्रण गर्न जरुरी रहेको उनले औल्याए ।
कैलाली गाउँ अस्थाई प्रहरी पोष्टका असई कृष्ण चन्द ले भने चोरहरु प्रक्राउ गरि जिल्ला पठाइने गरेको बताए ।

हाम्रो सकृयता बढाएका छौ एरिया ठुलो छ , हामी लाई स्थानियले पनि सुराकी दिन सके चोरहरु नियन्त्रण गर्न सजिलो हुने उनले बताए ।

रात भर डिउटी मा नै हुन्छौ हामीहरु को सकृयता संगै नागरिकहरुले पनि अलि चनाखो भई प्रहरी लाई सहयोग गर्नु पर्ने असई चन्द को भनाई छ ।

केहि दिन पहिला चोरहरु लाई प्रक्राउ गरि जिल्ला पठाएका छौ, उजुरी आएकाको अनुसन्धान प्रकृया अघि बढाईने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार