२३ बैशाख २०८१, आईतवार

सिद्धान्तकार अधिकारीको चिन्तन मोबाइल एप्समा



टीकापुर । सिद्धान्तकार डाक्टर निर्मलमणि अधिकारीका चिन्तनको मोबाइल एप्स विकास गरिएको छ ।
डाक्टर अधिकारीका चर्चित पुस्तकहरू अब युगद्रष्टा एप मार्फत निःशुल्क पढ्न पाइने जनाइएको छ ।
फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले सो एप्स विकास गरेको छ । फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले युगद्रष्टा एप फेस्ट कम्पनीका संस्थापक तथा सिइयो इन्जिनियर विक्की महतको नेतृत्वमा तयार गरिएको बताए ।
५० बढी पुस्तकका लेखक तथा सम्पादक डाक्टर अधिकारीका एक दर्जन पुस्तक सो एप मार्फत निःशुल्क पढ्न सकिने छ ।
फेस्टका सिइयो महतले डाक्टर अधिकारीले लेखेका राज्यराष्ट्र शिर्षकको पुस्तक नेपाली, नेपाल, भोजपुरी र मैथली भाषामा उपलब्ध रहेको बताए ।
त्यस्तै, सो पुस्तकको दोस्रो संस्करण, दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्ययुगको आधारशीला, वेद र वैदिक हिन्दू धारा, नेपालको पुनर्जागरणको अर्थ र आधार, सहृदयता दर्शनको प्राक्कथन सहित पुस्तकहरू पनि मोबाइल एपमा उपलव्ध छन्् ।
सो एपमा लेखकको परिचय, उनले गरेका कार्यको जानकारी, हालसम्म गरेका प्राज्ञिक सोध तथा प्रतिपादन गरेका सिद्धान्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार