१० श्रावण २०८१, बिहीबार

विभिन्न अपराधमा पक्राउ गरेका सञ्जयको मुद्दाको पेसी स्थगित



धनगढी । ठगी, हातहतियार तथा सरकारी छाप किर्ते लगायतका अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राणाको मुद्दाको पेसी स्थगित गरिएको छ ।
बुधबार चौथो पेसीमा अभियुक्त सञ्जयको मुद्दाको फैसला हुने भनिए पनि सरकारी वकिल र कानुन व्यवसायीहरूको निवेदनमा उनको मुद्दाको पेसी स्थगित गरिएको बताइएको छ ।
कैलाली जिल्ला अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले भने– सरकारी वकिल र कानुन व्यवसायीको आग्रह अनुसार पेसी स्थगन गर्न सक्ने व्यवस्था छ । उहा“हरूकै आग्रहमा तोकिएको पेसी स्थगन गरिएको हो ।
श्रेष्तेदार कुन्जेडाका अनुसार अभियुक्त सञ्चयको मुद्दाको पेसी पुस ८ गते तोकिएको छ ।
गत कार्तिक १७ गते कैलाली जिल्ला अदालतमा दर्ता भएको सो मुद्दाको बुधबार चौथो पेसी रहेको थियो । यसअघि २०७६ पुस २२ गते पहिलो पेसीमा जिल्ला न्यायधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले साक्षी बुझ्ने आदेश दिएको थियो ।
गत असोज १४ गते राखिएको दोस्रो पेसीमा जिल्ला न्यायधीस जयानन्द पनेरुको इजलासले पनि साक्षी बुझने आदेश दिएको थियो । भने मंसिर ९ गते रहेको पेसी निवेदक कानून व्यवसायीबाट स्थगित गरिएको थियो ।
२०७६ भदौ १८ गते हातहतियार, करोडौं रुपैयाका तमसुक र बैंक चेकहरू सहित सञ्जयलाई प्रहरीले पक्राउ गरेको थियो ।
कैलाली जिल्ला अदालतका अनुसार अभियुक्त सञ्जयसंगै पक्राउ गरिएका कमल विक र कल्पना दियाकोटी ९साउ“द० लाई पहिलो पेसीमै तारेखमा छोडिएको थियो ।
कैलाली प्रहरीले उनीहरूसंंग पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, सात राउन्ड गोली, छ सय ७९ ग्राम सुनका गहना, १८ करोड तीन लाख ६४ हजार रुपैया“ बराबरको विभिन्न व्यक्तिका नाममा लिनदिने गरी बनाएको २३ थान तमसुक बरामद गरेको थियो ।
त्यस्तै प्रहरीले दुई करोड ४५ लाख २० हजार रुपैया“को विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेक, एक अर्ब ९० करोड रुपैया“को नेपाल राष्ट्र बैंकले जारी गरेको भनिएको बैंक ड्राफ्ट तीन थान बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार