१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : एकै दिन एकसय बढी थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा चार सय ९३ स्वाव परीक्षण हुँदा एक सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ८१ स्वाव परीक्षण हुँदा ५१, डडेल्धुरा अस्पतालको प्रयोशालामा ४७ स्वाव परीक्षण हुँदा २२, अछामको कमल बजार प्रयोशालामा एक सय ३१ स्वाव परीक्षण हु“दा ४६ र बैतडी अस्पतालको प्रयोगशालामा ३४ स्वाव परीक्षण हुँदा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पुष्टि हुनेमा कैलालीका ४१, कञ्चनपुरका नौ, अछामका ४४, बैतडीका पा“च, बाजुराका तीन र डडेल्धुराका २२ जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीका ४१ जना, कन्चनपुरका ९ जना, अछामका १ जना रहेका छन् ।

संक्रमित मध्ये कैलालीको धनगढी उप–महानगरपालिकाका ३६ जना, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका दुई÷दुई जना, टीकापुर नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका पाँच जना, बेदकोट नगरपालिकाका तीन जना, कृष्णपुर नगरपालिकाका एक जना र अछामको मंगलसैन नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीमा गरिएको कोरोना परीक्षणमा पा“च जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीका अनुसार संक्रमित हुनेमा दशरथचन्द नगरपालिकाका सात महिला, २१, ३३ र ५८ वर्षीय पुरुष र सुर्नया गाउ“पालिकाका ४६ वर्षीया एक महिला रहेका छन् ।

यो संगै जिल्लामा संक्रमितको संख्याको पाँच सय ८२ पुगेको छ । जसमध्ये हाल ६४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बुधबार प्रदेशमा थप १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरबाट दुई, कैलालीबाट दुई र बैतडीबाट नौ जना गरि १३ जना संक्रमणमुक्त भएका जनाइएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या नौ हजार छ सय ७६ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । निर्देशनालयका अनुसार कैलालीमा २२, कञ्चनपुरमा छ, बाजुरा, अछाम, दार्चुलामा दुई÷दुई, बझाङ, डडेल्धुरामा तीन÷तीन, बैतडी र डोटीमा एक÷एक गरी ४२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार