१० श्रावण २०८१, बिहीबार

हेरचाह कार्यमा पुरुष सहभागिताको महत्व बारे अन्तरक्रिया



धनगढी / लैंगिक समानता सम्बन्धी मान्यताहरुको प्रर्वद्धन गर्न हेरचाह कार्यमा पुरुष सहभागिताको महत्व बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

सो कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्रले सशक्तिकरणले महिलाहरु अगाडि आए पनि तर पुरुषहरु भान्छा र पानी पँधेरोसम्म पुगे कि पुगेनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् ।

उनले सुकाउन हालेको लुगा उठाउने मान्छे हुदैनन् अनि महिला ४ वजेपछि घरजान हतार गरिहाल्ने गरेको बताइन् । ‘जहाँ पैसा छ त्यहाँ कामको मूल्याकन छ,’ उनले भनिन्, ‘तर महिलाहरुको लागि कामसंग मर्यादा मात्रै जोडियो । महिलाहरुको काम सम्मानजनक छैन ।’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत फाया नेपालको आयोजनामा बुधबार धनगढीमा सो अन्तरक्रिया आयोजना गरिएको हो ।

कार्यक्रममा फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले महिलाहरुलाई सेवामूलकमा लगाउने प्रवृति कायमै रहेको बताए । उनले लैंगिक हिंसा न्यूनिकरण गर्न रहेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।

सो अवसरमा लैङ्गिक मूल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता सम्बन्धमा फायाकै लालबहादुर महराले आधार पत्र प्रस्तुत गरेका थिए ।

उनले महिलाहरुको कार्यबोझमा पुरुषहरुले सहयोगी भूमिका निर्वाह गर्नसक्ने समेत बताए ।
अकिारकर्मी गोमा आर्चायले लैंगिक विभेद अन्त्यको लागि बच्चा हुकाउँदादेखि नै व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताइन् । उनले आमा बुवालाई काम गरेको देख्यो बच्चाहरुले त्यसबाट सिक्ने गरेको बताइन् ।

धनगढी उपमहानरपालिका सामाजिक शाखा अधिकृत टंक विष्ट व्यवहार परिवर्तन गर्न बालबालिकालाई स्कुल तहको शिक्षाबाट सिकाउनुपर्ने बताए ।

फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेलले श्रीमतिले सधैं श्रीमानको भित्रि वस्त्र धुँदा अप्ठेरो हुदैन भने श्रीमानलाई किन श्रीमति बस्त्र धुँदा सुकाउँदा लाज मान्न नहुने बताए । उनले यस्ता साना साना काममा सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।

ओरेक कैलालीकी गीता चौधरीले बच्चा स्याहार कार्यमा पुरुषहरुलाई प्रोत्साहन गर्न हरेक ठाउँमा पुरुषको सहभागीता हुन जरुरी रहेको बताइन् । उनले स्थानीय सरकारले लैंगिकताको कुरा गर्दा महिला जनप्रतिनिधिको काम हो भन्ने बुझाई रहेको बताइन् ।

फायाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम निर्देशक धर्मराज पाठकले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु महिलाका सवालमा अझ संवेदनशिल हुने प्रतिवद्धता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार