यान्त्रिकरणसंगै धानको उत्पादन बढ्यो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ ।
नखेती गर्ने किसानले आधुनिक प्रविधिसंगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको देखिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षमा कञ्चनपुरमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । गत आर्थिक वर्र्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी रहेको जनाइएको छ ।
कञ्चनपुरमा कुल खेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसको उत्पादकत्व ३.०९ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७६÷७७ मा धानको उत्पादन एक लाख ८७ हजार ७५७ मेट्रिक टन भएको थियो ।
किसानले रैथाने जातको तुलनामा बढी उत्पादन दिने उन्नत जातका संखा १,२,३,४,५,६, सावा मन्सुली, राधा ४, १४ सेहराङग सब १, डिआरआर ४४, हर्दिनाथ १ र राम धानलगायतका धानखेतमा रोप्न थालेपछि उत्पादनमा वृद्धि हु“दै जान थालेको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताए ।
‘धानखेतीका लागि पावर टिलर, रोटाभेटर, रिपर, थ्रेसर, सिंचाइका लागि पम्प सेट, विद्यूतीय मोटर, सोलार पम्पलगायतको प्रयोगलाई बढावा दिन थालिएपछि उत्पादन बढ्दै गएको छ’, उनले भने, ‘प्रति वर्ष कृषि ज्ञान केन्द्र, निर्देशनालय र प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्तर्गत किसानलाई आधुनिक यन्त्र ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थालेस“गै धानको उत्पादन बढ्दो रुपमा रहेको छ ।’
धानखेतीमा यान्त्रीकरणको प्रयोग बढेसंगै लागत खर्च र महिलाको कार्यबोझसमेत घटेको शुक्लाफा“टा नपाको पिपलाडीका किसान चेतराम चौधरी बताउँछन् । दिनहुँ लगाएर पहिला जस्तो हसियाको प्रयोग गरी मजदूर लगाएर धान काट्नुपर्ने अवस्था नभएको उनले बताए । धान काटनका लागि पावर टिलरमा रिपरको प्रयोग हुन थालेपछि काम गर्न निकै सहज भएको उनको भनाइ छ ।
बेलैमा रासायनिक मलको आपूर्ति हुनसके धान उत्पादन अझै बढनसक्ने धानखेतीमा संलग्न किसानको भनाइ छ । धानखेती हुने क्षेत्रमा सि“चाइको भरपर्दो व्यवस्था गरिएपछि किसानले समयमै कृषि यन्त्र र मेसिनको प्रयोग गरी धानखेती गरी बढी उत्पादन लिन थालेका हुन ।
खेतका लागि प्रयोग हुँदै आएको कूल जग्गाको ७०.२ प्रतिशत ९३९ हजार आठ सय हेक्टर जग्गामा सि“चाइ सुविधा पुगेको छ । किसानले रोपाइ“ गरेर र छरुवा विधिबाट धानखेती गर्दै आएका छन्् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सात स्थानीय तहका ४२ वडालाई समेटेर धान सुपरजोन कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्तर्गत छ हजार ४६२ दशमलव ४३ हेक्टरमा उन्नत धानखेती हुँदै आएको छ । धान सुपर जोनमा आर्थिक वर्ष द्ध किसानलाई अनुदानमा कृषियन्त्र, मेसिन र सिंचाइका लागि पम्प सेट उपलब्ध हुँदै आएको परियोजना कार्यालय प्रमुख सञ्जु जोशीले बताए ।
उनका अनुसार सहज रुपमा किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिउन भन्ने उद्देश्यले कष्टम हायर सेन्टर स्थापना गरी ट्याक्टर, थ्रेसर, रिपर, रोटाभेटरलगायतका सामानको व्यवस्था गरिएको छ ।