१० श्रावण २०८१, बिहीबार

प्रदेश चिकित्सक संघको नयाँ कार्यसमिति चयन



धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ । संघको अध्यक्षमा डाक्टर प्रदिप मिश्र चयन भएका छन् ।

त्यस्तै, वरिष्ठ सहअध्यक्षमा डाक्टर खगेन्द्र भट्ट, सहअध्यक्षमा डाक्टर जगदिश जोशी, सचिवमा डाक्टर कपिल गौतम, सहसचिवमा डाक्टर शम्भु दत्त जोशी, डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर आन्नद पाठक र सहकोषाध्यक्षमा रविन्द्रदेव भट्ट चयन भएका छन् ।

संघको सदस्यमा डाक्टर जगदिश विष्ट, डाक्टर निराजन दत्त शर्मा, डाक्टर दिपक ठकुराठी, डाक्टर विकास खडका, डाक्टर विरेन्द्र बुडाल, डाक्टर रोजी शर्मा, डाक्टर अनिस मान्नधर र डाक्टर समिर खान चयन भएका छन् ।

त्यस्तै डाक्टर गणेशबहादुर सिंह, डाक्टर प्रमोद जोशी र डाक्टर निरज अर्याल सल्लाहकारमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार