२१ बैशाख २०८१, शुक्रबार

व्यवसायिक तरकारी खेतीमा जुटे महिला



धनगढी । ‘म त व्यवसायिक रुपमै तरकारी खेती गर्न चाहन्थे तर, विउविजन तथा प्राविधिक ज्ञान नहुँदा समस्या छ’ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ की शान्ति शिलालले भनिन् ।

सोमबार धनगढीका केही सञ्चारकर्मी उनको वारीमा पुग्दा उनी गोदावरी नगरपालिकाका कृषि शाखा अधिकृत बासुदेव भट्टराईलाई भनिरहेकी थिइन्– तरकारीको वीऊ मह“गोमा किन्नुपर्छ । रोप्यो भने पनि किरा तथा ढुसी लागेर धेरै बोट विग्रन्छन्् । बोटविरुवा मर्न नदिन र राम्रो उब्जनी गर्न के गर्नुपर्ला ?’

उनीसंगै अन्य महिलाहरू पनि कृषि प्राविधिक भट्टराईसंग तरकारी खेती गर्दा भोग्नुपरेको पीडा सुनाउ“दै थिए । ‘बोटविरुवामा किरा र ढुसी लाग्छ । उत्पादन राम्रो छैन । त्यसैले खेती गर्नुभन्दा बजारबाट किनेर खानुनै उपयुक्त मान्छौं’ स्थानीय किरन शिलालले भनिन्– श्रीमान भारतमा रोजगारी गर्छन । त्यही पैसाले घर खर्च चलाएकी छु ।’

उनले भनिन्– तरकारी खेती गर्न सके त राम्रो छ । हामीलाई स्थानीय सरकारले विऊविजन, उपकरण लगायत प्राविधिक ज्ञान दिनुपर्यो ।

शान्तिले एक वर्षदेखि एक कठ्ठा जग्गामा मौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्– यहाँ रोपेको तरकारीले घरमा खान पुगेको छ । केही तरकारी विक्री वितरण पनि गर्ने गर्छु ।

उनले केही दिन अगाडि तीन कठ्ठा मुला बजार लगेर विक्री गरेको सुनाइन् ।
लक्ष्मीको अहिले आधा कठ्ठा जग्गा रहेको छ । उनले भनिन्– अहिले त हामी परम्परागत रुपमा पनि घरमा तरकारी लगाइरहेका छौं, तर त्यसले घरमै खान पनि पुग्दैन ।

उनले आधुनिक तरिकाले तरकारी लगाउने तालिम पाए सानो जमिनमा पनि धेरै उत्पादन गर्न सक्ने बताइन ।

‘स्थानीय तह र प्रदेश सरकारले अहिले कृषिलाई व्यवसायीक बनाउन विभिन्न तालिम, प्राविधिक ज्ञान, उपकरण वितरण लगायतका कार्यक्रम गरिरहेको सुनेकी छु’ शान्तिले भनिन्– तर, अहिलेसम्म यो वस्तीका कुनै पनि मानिसले त्यस्ता कार्यक्रममा सहभागि हुन पाएका छैनन् ।
उनले दलित महिला संघ (फेडो) को सहयोगमा नगरपालिकाकै कृषि शाखा प्रमुखले बारीमै पुगेर व्यवसायिक तरकारी खेती कसरी गर्ने, बेमौसमी तरकारी उत्पादन गर्न के–के कुरामा ध्यान दिने लगायतका सीप सिकेको बताइन् । उनले भनिन्– अहिले पाएका जानकारीको सदुपयोग गर्दै तरकारी खेती गर्दा केही समस्या भए नगरपालिकाका कृषि प्राविधिकहरूको सहयोग माग्ने छौं ।
नगरपालिकाका कृषि शाखा अधिकृत भट्टराईले अहिले पनि नगरपालिकाभित्र व्यवसायिक रुपमा तरकारी खेती न्यून रहेको बताए । उनले वडाले छनौट गरेका आधारमा प्राविधिक तालिम प्रदान गरिरहेको बताए ।

उनले नगरपालिकाभित्र चार सय समुह र ५० वटा फर्म दर्ता रहेको जानकारी दिए । उनले भने– अहिले सामुहिक तरकारी खेती अघि बढेको छैन । यहाँका किसानहरूले व्यक्तिगत रुपमै उत्पादन गरिरहेका छन् । यसले गर्दा उत्पादकत्व राम्रो हुँदैन ।’

उनले चालू आर्थिक बर्षमा गोदावरी नगरपालिकाले एक करोड र संघबाट आएको शसर्त अनुदानको ४० लाख बजेट कृर्षिमा खर्च गर्ने तयारी रहेको बताए । उनले नगरपालिकाले तरकारी तथा अन्नवालीको उत्पादकत्व बढाउन ‘एक वडा एक उत्पादन’ कार्यक्रम अघि बढाएको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको वडा नम्बर १ मा च्याउ उत्पादन, वडा नम्बर २ मा लसुन खेती, वडा नम्बरमा ३ मा वेसार खेती, ४ नम्बरमा वेमौसमी गोलभेंडा, ५ नम्बरमा लहरे बाली, वडा नम्बर ६ मा आलु खेती, वडा नम्बर ७ मा खुर्सानी, वडा नम्बर ८ मा तोरी खेती, वडा नम्बर नौ मा मु“ग खेती, वडा नम्बर १० मा केरा खेती, वडा नम्बर ११ मा प्याज र वडा नम्बर १२ मा कागती खेती कार्यक्रम अघि बढाएको बताए । उनले यस कार्यक्रम अन्र्तगत किसानहरूलाई आवश्यक उपकरण, विउमा अनुदान, प्राविधिक सहयोग लगायतका क्रियाकलाप अघि बढाइने बताए ।

गोदावरीका महिलाई करेसावारी तालिम

गोदावरी नगरपालिका वडा नम्बर ३ का महिलालाई करेसावारी निर्माण तथा तारीका वेर्ना उत्पादन सम्बन्धि तालिम प्रदान गरिको छ ।

दलित महिला अधिकार मञ्च (फेडो) कैलालीको आयोजनामा गोदावरी नगरपालिका वडा नम्बर ३ मा गठित दलित महिला समुहलाई करेसावारी तालिम प्रदान गरिएको फेडो कैलालकिा संयोजक विनोद घिमिरेले बताए ।

घरमा वचेको जमिन सदुपयोग गर्दै महिलाले घरमै तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर ३ का ५० जना महिलालाई तालिम पर्दान गरिएको संयोजक घिमिरेले बताए ।
उनका अनुसार गोदावरी नगरपालिकाका कृषि विकास अधिकृत लाई महिलाको बारीमै लगेर तरकारी फलाउने तरीकार वेर्ना राख्ने तरिकाबारेमा जानकारी गराइएको थियो । तालिम पछि सहभागि महिलालाई प्याज, धनिया, चम्सुर, मेती, रायो जस्ता मौसमी तरकारीको बीउ“ उपलब्ध गराइएको फेडो कैलालीकी अध्यक्ष सविना सुनारले बताइन् ।

गोदावरी नगरपालिकाका कृषि शाखा अधिकृत बासुदेव भट्टराईले कृषि पेशा गर्न चाहने महिललाई नगरपालिकाबाट आवश्यक प्राबिधिक सल्लाह सहित बीउँ र अन्य प्राबिधिक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार