१० श्रावण २०८१, बिहीबार

सिनियर महिला क्रिकेट छनौंट सुरु



धनगढी ।  कैलालीमा सोमबारदेखी सिनियर महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

 कैलाली जिल्ला क्रीकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन गोदावरी र शिवपुरी बीच खेल सुरु भएको हो ।

 पहिलो खेलमा शिवपुरीलाई पराजित गर्दै गोदावरी विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ राजेको गोदावरीले निर्धारित २० ओभर अन्तरगत १६ ओभरमै सवै विकेट गुमाएर ५७ रनमात्रै बनाउन सक्यो ।

 उसका लागि सरस्वती गाहामगरले १५ रन बनाइन् । बलिङतर्फ शिवपुरीकी कृति भण्डारीले ३ तथा ज्योति शर्माले २ विकेट हातपारिन् ।

  ५८ रनको सामान्य लक्ष्य पाएको शिवपुरीले १२ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर ४२ रनमै समेटिन पुग्यो । उसका लागि कप्तान रुविले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ गोदावरीकी स्नेहा महराले र गौरी बोहराले समान ४÷४ विकेट हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार