७ कार्तिक २०८१, बुधबार

८८ जनामा कोरोना संक्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १६ पुगेको छ ।

 सोमबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४६ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना र अछामको कमलबजार प्रयोगशालामा २२ जना गरि ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार थपिएकामा कैलालीका ३६ जना, कंचनपुरका ७ जना, अछामका २२ जना,बैतडीका २ जना, बझाङका ९ जना, डडेल्धुराका ११ जना र डोटीका एक जना रहेका छन् । यसैगरी सोमबार प्रदेशका बिभिन्न जिल्लामा गरि १५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ हजार ६ सय ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार