२१ बैशाख २०८१, शुक्रबार

पश्चिम सेतीमा ७५० डोका प्रदर्शन



बैतडी।  बोलन्या थलीले पश्चिम सेती निर्माणको माग गर्दै बैतडीमा ‘सपनाका ७५० डोका’ प्रदर्शन गरेको छ । 

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको कार्यान्वयनमा ढिलाइ गरिरहेको भन्दै सोमबार विरोध स्वरूप ७५० डोका प्रदर्शन गरिएको हो । बैतडीको ढुंगाड र डोटीको तलाराको बिचमा रहेको उक्त स्थानमा सपनाका डोका प्रदर्शन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उक्त स्थानमा डडेल्धुरा, डोटी र बैतडीबाट डोकासहित स्थानीय प्रदर्शनमा आएका थिए ।

कार्यक्रममा बोल्दै संयोजक जोशीले राज्यले पश्चिम सेतीलाई विभेद गरेको आरोप लगाए । उनले भने, ‘अब पनि राज्यले पश्चिम सेती निर्माण चासो नदिए लडाकु दस्ता तयार पारेर संर्घष गर्छाै ।’बोलन्या थलीले पश्चिम सेतीका लागि यस अघि पनि विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो । 

इतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ । बोलन्या थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन पनि गरेको थियो ।

श्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुकी बालेर सरकारको साङ्केतिक विरोध गरिएको बोलन्या थलीले यस पटक ‘सपनाका ७५० डोका’ प्रदर्शन गरेर आन्दोलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार