२१ बैशाख २०८१, शुक्रबार

तरकारी खेतीबाट मनग्य आम्दानी



धनगढी । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ बैबाहाका रामलाल चौधरी तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि मख्ख भएका छन् । कुनैवेला परम्परागत रुपमा धान, गहुँ खेती गरेर मुस्किलले परिवारको लालनपालन गर्ने उनी अहिले व्यवसायिक तरकारी खेतीबाट वार्षिक १० लाख रुपैया बढी आम्दानी गरिरहेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बालुवाफाँटामा ससुरालीले तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देखेपछि रामलाल पनि तरकारी खेतीमा होमिएका थिए ।

उनी १५ वर्षदेखि व्यवसायिक तरकारी खेतीमा संलग्न छन् । उनी आफ्नो वडाको अग्रणी तरकारी किसानका रुपमा परिचित भएका छन् ।

उनले अहिले १६ कट्ठा जग्गामा फूलगोभी रापेका छन् । उनले पहिलो लटको काउली बिक्री गरिसकेका छन् । “पहिलो लटमा करिब पा“च लाख रुपैयाको फूलगोभी बिक्री गरे” उनले भने– दोस्रो लटमा काउली, बन्दागोभी, गोलभे“डा बेच्नका लागि तयारी अवस्थामा रहेको छ ।
रामलालकी श्रीमति पनि उनीसंगै तरकारी खेतीमा संलग्न छिन् । उनीहरु दुवै जना मिलेर तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, सिंचाईं गर्ने र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गर्दछन् । रामलालकी श्रीमती चम्फा चौधरीले भनिन्– हरेक दिन बिहानको सा“झसम्म हामी दुवै जना प्रायः खेतबारीमै हुन्छौं ।

गाउ“मा अरुले तरकारी रोप्न शुरु गर्दा उनीहरु आफ्नो उत्पादन बिक्री गर्ने तरखरमा हुन्छन् ।
रामलाल जस्तै बैवाहा गाउका सात जना किसान व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न छन् । बैबाहका किसानले मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन्् । तरकारी खेतीमा संलग्न किसान कालुराम चौधरीले खेतबारीमा रोपेको काउली बिक्री गरेर एक लाख ५० हजार रुपैया आम्दानी गरेको बताए ।

उनले गत वर्ष काउली बिक्री गरेर ८० हजार रुपैया आम्दानी गरेको बताए । सात वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कालुरामले भने– खाद्यान्न लगायतका अरु बाली लगाउदा थोरै आम्दानी हुने भएकाले धेरै आम्दानी हुने तरकारी खेती गरेर परिवारको खर्च धान्दै आएका छौ, विगतमा जस्तो साहुमहाजन कहाँ हात थाप्नु परेको छैन् ।

सीमा क्षेत्र नजिकै रहेको बैवाहाका बासिन्दाले पहिला भारतीय घुमन्ते व्यापारीले ल्याएको तरकारी चर्को मूल्यमा खरिद गर्दथे । हाल गाउँमै तरकारीखेती हुन थालेपछि भारतीयले यहा“बाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।

सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा दुई परियोजनाअन्तर्गत यस क्षेत्रका किसानलाई आधुनिक तरिकाले तरकारी लगाउनेदेखि बजार व्यवस्थापनको कार्य सिकाउने कार्य हुँदै आएको छ ।

जेटिएको व्यवस्था गरी किसानलाई तरकारीबाली लगाउ“दा आउने समस्या निराकरण गर्न निकै मद्दत पुगेको छ । ‘उन्नतजातका तरकारीका बीउ लगाउनका लागि किसानलाई उत्प्रेरित गरी उत्पादन बढाउनका लागि लागेका छौं’, सहकारीका प्रबन्धन निर्देशक मदनराज भट्टले भने, ‘यहा“का तरकारी खेतीमा लागेका किसानलाई अरु क्षेत्रका किसानले लगाएको तरकारीको अवलोकन गराई सीप प्रवद्र्धन गर्ने कार्यमासमेत लागेका छौं ।’

किसानलाई उन्नत् बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिंचाइका लागि पम्प सेट र रासाइनिक मलमा सहयोगसमेत सहकारीले गर्दै आएको छ । कृषि ज्ञान केन्द्रले तरकारीखेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा दुई वटा ढुवानीका साधानसमेत उपलब्ध गराएको छ ।

‘तरकारी ढुवानीका साधन नहुँदा विगतमा निकै सास्ती खेप्दै आएका थियौं’, सुन्दर चौधरीले भनीन्,‘चर्को भाडा तिरेर तरकारी बजारमा पुर्‍याउदा अधिक मूल्य हुँदा बेच्न समस्या थियो, लागत खर्चमै तरकारी बजारमा बिक्री गरेर फर्कन्थ्यौं, हाल आफ्नै ढुवानीका साधानको व्यवस्था भएपछि तरकारी बेच्न निकै सहज भएको छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर दिलबहादुर विष्टले तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर योजना बनाइ यान्त्रिकरण र आधुनिक तरिकाले तरकारीखेती गर्ने तौरतरिका सिकाइ किसानलाई अझै व्यावसायिक बनाइने बताए । ‘किसानका नजिकका साथी भनेका समूह, सहकारी, एग्रोभेट नै हुन’, उनले भने, ‘किसानलाई उन्नतजातका बीउबिजन र रासायनिक मल सहज रुपमा उपलब्ध हुने गरी नयाँ कुन मोडेलमा योजना बनाए लाभान्वित हुन्छन्, त्यसका लागि सरोकारवाला सबैको सहकार्यमा योजना बनाउछौं ।’

बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी गाउँपालिकाको दुर्गम गाउँ बैवाह तरकारीखेतीका लागि उर्वरभूमि रहेको बताउ“छन्् । उनका अनुसार दोमट मलिलो माटो भएको बैवाहामा तरकारीखेतीस“गै उखु, आलु, खुर्सानी, काउली, गोलभेडा र तोरीबाली निकै सप्रिने गरेको छ ।

गाउँपालिकाको थोरै बजेटले किसानलाई आवश्यक सबै सुविधा पुर्‍याउन नसकिने भएकाले कृषि ज्ञान केन्द्रले योजनावद्ध रुपमा यस क्षेत्रका किसानका लागि निरन्तर रुपमा योजना ल्याउनुपर्ने उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष कमलादेवी कार्कीले कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा क्वारेन्टिनमा बसेका व्यक्तिलाई बैवाहकै किसानले उत्पादन गरेको तरकारी उपलब्ध गराइएको बताइन् ।

बैवाहाका तरकारीखेतीमा संलग्न किसानले वार्षिक रुपमा रु एक करोडको तरकारी उत्पादन गर्दै आएका छन् । वर्षातका बेला छाडेर अरु सबै महिना यहाँ तरकारीखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार