२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम महोत्सव अनिश्चित



धनगढी । हरेक वर्ष मंसिर २२ गतेबाट सुरु हुने सुदूरपश्चिम महोत्सव यस वर्ष अनिश्चित बनेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै पूर्व निर्धारित मितिमा नै महोत्सव आयोजना गर्न कठिन भएको महोत्सव आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।

कैलाली उद्योग बाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय प्रशासनसँग समन्वय गरेर चाडै महोत्सवको नया“ मिति तोकिने जानकारी दिएको छ । संघका अध्यक्ष पुष्पराज कुँवरले यस वर्ष कोरोना भाइरस संक्रमणका कारण महोत्सव प्रभावित भएको बताए ।

‘तोकिएकै मितिमा आयोजना गर्न सकेनौ’ उनले भने– हामी सबै सरोकारवालाहरूसंग समन्वय र सरसल्लाह गरेर महोत्सवको नया“ मिति सार्वजनिक गर्नेछौं ।

अध्यक्ष कु“वरले कोरोना महामारीका कारण नराम्ररी थला परेको व्यापार व्यवसायलाई चलायमान बनाउन पनि महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए ।

‘अहिले सरकारले विस्तारै सबै कुरा सञ्चालनमा ल्याइसकेको छ । डान्सबारदेखि राजनीतिक गतिविधिहरू पनि बढेका छन्’ अध्यक्ष कुँवरले भने– हामी आवश्यक सुरक्षा मापदण्डलाई अपनाएर महोत्सव सञ्चालन गर्नेबारे स्थानीय प्रशासनसंग छलफल गर्दैछौं ।

पत्रकार सम्मेलनमा संघका महासचिव ओम बिष्टले सुदूरपश्चिम महोत्सव सुदूरपश्चिमेलीहरूका लागि प्रमुख पर्वका रुपमा रहेकोले सबैको चासो रहेको बताए । उनले भने– सरकारले सबै क्षेत्र खुला गरिसकेकाले हामी पनि सरोकारवालाहरूसंग समन्वय र छलफल गरेर महोत्सव बारे निर्णय गर्नेछौं ।

अध्यक्ष कुँवरले स्थिति सामान्य भएमा सुदूरपश्चिम महोत्सव आयोजना गर्न सकिने सम्भावना रहेको बताए ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा १५ वर्षदेखि हरेक मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना हु“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार