२१ बैशाख २०८१, शुक्रबार

लक्ष्यको आधा परिमाण धान खरिद



धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले आइतबारसम्म यस वर्षको लक्ष्यको आधा परिमाण धान खरिद गरेको छ ।

कम्पनीले गत कार्तिक १८ गतेदेखि कैलालीको धनगढी र टीकापुरबाट धान खरिद शुरु गरेको थियो । कम्पनीका प्रमुख अनिल कुमार श्रेष्ठले यस वर्ष ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले भने– हामीले अहिलेसम्म ३० हजारभन्दा बढी धान खरिद गरेका छौं ।’ उनले अहिले पनि धान खरिद गर्ने कार्य जारी रहेको बताए । उनले भने– हामीलाई दिइएको लक्ष्य पुरा नहुन्जेलसम्म धान खरिद कार्य जारी रहने छ ।

कार्यालय प्रमुख श्रेष्ठले पर्याप्त गोदाम नभएको र समयमै आवश्यक बोरा नपाउ“दा धान खरिद कार्य प्रभावित भइरहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले धनगढीको मोहनपुर र टीकापुरमा धान खरिद गरिरहेको छ । प्रमुख श्रेष्ठले भने– मोहनपुरमा १०÷१० हजार क्विन्टल क्षमताका चार वटा गोदाम रहेका छन्, तर त्यसमध्ये दुई वटा गोदाम विश्व खाद्य कार्यक्रमले प्रयोग गरिरहेको छ ।

त्यस्तै, टीकापुरमा पा“च हजार क्विन्टल क्षमताको गोदाम रहेको छ । उनले कम्पनीसंग भएका गोदामहरू अहिले जिर्ण बन्दै गएको बताए । उनले भने– मुख्य कार्यालयका यी गोदाममा धान राख्न सक्ने अवस्था छैन । टीकापुरको गोदाममा पनि वर्षामा पानी चुहिने समस्या छ ।
उनले केन्द्रीय कार्यालयसंग बारम्बार पर्याप्त गोदामको व्यवस्थाका लागि आग्रह गरिएकोे बताए । उनले भने– हामीले पक्की गोदामको माग गरेको छैनौं । खुल्ला ठाउँमा टीन लगाएर न्यूनतम लागतमा व्यवस्थित गोदामको व्यवस्था गर्न मात्र भनेका छौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंग टीकापुरमा पाँच बिघा जमिन रहेको छ । उनले भने– हामीसंग जग्गा भएर पनि गोदाम बनाउन आनाकानी गरिएको छ । उनले स्थानीय तहहरूले पनि धान संकलनका लागि व्यवस्थित गोदामको व्यवस्था गर्न सहयोग गर्नुपर्ने बताए ।

उनले अहिले बोराको अभाव हु“दा मोहनपुर र कञ्चनपुरमा शुक्रबारदेखि धान खरिद गर्न नसकिएको बताए । उनले भने– बोराहरू पनि भारतबाटै आयात हुने गरेका छन् । त्यसैले एक÷दुई दिनमै बोरा पुगेपछि पुनः धान खरिद कार्य अगाडी बढ्छ ।

उनले सरकारले यस वर्ष धानको मूल्य बृद्धि गरेकाले पनि किसानहरू कम्पनीमै पुगेर धान विक्रि गरिरहेको बताए । उनका अनुसार सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २७ सय ३५ रूपैया“ र मध्यम खालको धान मूल्य प्रतिक्वीन्टल २८ सय ८५ रुपैयाँ तोकेको छ ।
कम्पनीले गत वर्ष ५० हजार क्विण्टल धान खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार