१० श्रावण २०८१, बिहीबार

छ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवनशैली कार्यक्रम



धनगढी । सुदूरपश्चिम प्रदेशका छ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट आयुर्वेद स्वस्थ्य जीवनशैली कार्यक्रम सञ्चालन गरिएको छ ।

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये छ वटामा कार्यक्रम शुरु गरिएको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद्ध चिकित्सक डाक्टर चेतराज जोशीले जानकारी दिए ।

डाक्टर जोशीका अनुसार सुदूरपश्चिम प्रदेशका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकार र तीन वटामा प्रदेश सरकारको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर जिल्लाको बेल्डा“डी प्राथमिक स्वास्थ्य केन्द्र, बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायल प्राथमिक स्वास्थ्य केन्द्र, अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवन शैली सेवा शुरु गरिएको जनाइएको छ ।

यी केन्द्रमा एक जना आयुर्वेद चिकित्सक र एक जना वैद्यको व्यवस्था गरिएको डाक्टर जोशीले बताए ।

यी स्वास्थ्य केन्द्रबाट नियमित ओपिडी, स्वस्थ्य जीवनशैली परामर्श, क्लिनिकल योग परामर्श र पूर्वकर्म÷पञ्चकर्म लगायतका सेवाहरू प्रदान गरिने बताइएको छ ।

डाक्टर जोशीले प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कोभिड–१९ मा रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन औसधि खरिद भई पुर्याउने तयारी भएको र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा अत्यावश्यक आयुर्वेद औषधि र पूर्वकर्म÷पंचकर्म सेवामा आवश्यक औषधि र सामग्रीको व्यवस्थापन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हुने बताए ।

उनले नसर्ने रोगको प्रकोप बढिरहेकोले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचकहरु प्राप्तीका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान सुरु गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल दुई वटा आयुर्वेद्धिक औषधालय, सात वटा जिल्ला आयुर्वेद्धिक स्वास्थ्य केन्द्र, ३३ वटा स्थानीय तहमा आयुर्वेद्धिक औषधालय र २२ वटा नागरिक आरोग्य केन्द्र रहेका छन् ।

डाक्टर जोशीका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हु“दा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउ“छ ।
आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्म÷पञ्चकर्म (वमन, विरेचन, बस्ति, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धिकरण विधि समेत मानिन्छ ।

“योगका माध्यमबाट उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग, मोटोपना, डिप्रेसन लगायतका रोग कम गर्न सघाउने छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार