२ जेष्ठ २०८१, बुधबार

लम्की चुहाले सुकम्वासीलाई लालपूर्जा दिने




लम्की / कैलाली जिल्लाको लम्की चुँहा नगरपालिकाले अव आफैले भूमिहीन दलित, भूमिहीन सुकम्वासी तथा अवस्थित बसोबासलाई व्यवस्थित गर्न पाउने भएको छ ।

सो नगरपालिकाको पटक पटकको प्रयासपछि भूमि सम्वन्धी समस्या समाधान आयोगले नगरपालिकालाई सो अधिकार दिन थालेको हो । नगरप्रमुख महादेव वजगाईले पुस २ गते सो सम्वन्धी सम्झौता हुने बताए ।

आयोगको टोली काठमाडौबाट धनगढी आएर सो सम्झौता गर्ने आयोगद्धारा नगरपालिकालाई दिइएको पत्रमा उल्लेख छ ।

हामी अधिकार पाउने वित्तिकै द्रुत गतिमा काम थाल्छौ नगरप्रमुख बजगाईले बताए । लम्की चुँहामा छ हजार बढी भूमिहीन दलित, भूमिहीन सुकम्वासी तथा अवस्थित बसोबास भएकाहरु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार