११ बैशाख २०८१, मंगलवार

‘घराना चुलो रेष्टुरेन्ट’ सञ्चालन



धनगढी । धनगढी रंगशालाको व्यवसायिक भवनमा ‘घराना चुलो रेष्टुरेन्ट’ सञ्चालन भएको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ले शनिबार सो रेष्टुरेन्ट उद्घाटन गरेकी हुन् । धनगढीका युवाहरु एलिस चन्द, योगेन्द्र चन्द र राकेश चन्दले करिब एक करोड रुपैयाँ लगानी गरेर रेष्टुरेन्ट चलाएका छन् ।

उद्घाटन गर्दै मन्त्री भट्टले होटल रेष्टुरेन्ट व्यवसायले प्रदेशमा पर्यटक भित्र्यान ठुलो मद्दत गरिरहेको बताइन् । उनले उनले पर्यटनका लागि निजी क्षेत्रले होटल तथा रेष्टुरेन्टहरुमा लगानी गर्न आवश्यक रहेको पनि बताइन् । उनले ‘घराना चुलो रेष्टुरेन्ट’ को व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिन् ।

घराना चुलोका सञ्चालक योगेन्द्र चन्दले घराना चुलोमा थकाली खाना, सुदूरपश्चिम प्रदेशका विभिन्न परिकार खान पाइने बताए । उनले घराना चुलोमा अन्य रेस्टुरेन्टको भन्दा फरक स्वादमा खाना पाइने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार