१५ चैत्र २०८०, बिहीबार

साथी अस्पतालको तेस्रो साधारणसभा, अस्पतालको अध्यक्षमा शंकर शर्मा चयन



टीकापुर । टीकापुरस्थित साथी अस्पताल प्रालीको तेस्रो साधारणसभा शनिबार भएको छ । साधारण सभाले तीन वर्षका लागि शंकरप्रशाद शर्माको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, पुष्पराज उपाध्याय, सचिब सुरेन्द्रकिशोर गिरी र कोषाध्यक्षमा तपेन्द्रबहादुर विष्ट चयन भएका छन भने सदस्यहरुमा कल्पना खड्का, फिरुलाल चौधरी र पृथ्वी बम चयन भएका छन ।

साधारणसभाले अस्पतालका लागि जग्गा खरिद गर्ने, हाड जोर्नीको शल्यक्रिया गर्न आवश्यक पर्ने मेशिन र अस्पताललाई १५ बाट स्तरोत्रती गरेर २५ शैया पुर्याउने प्रस्ताव पास गरेको छ ।

अस्पतालका अध्यक्ष शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शेयर सदस्य नवराज रावल र चक्रपाणी सापकोटा र संस्थापक टेकनारायण पौडेलले अस्पतालको भबिष्य सुनिश्चित गर्न आफ्नै भवन निर्माण गर्नुपर्ने र सेवा थप गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष पुष्पराज उपाध्यायले गरेका थिए भने संचालन सचिब सुरेन्द्र किशोर गिरीले गरेका थिए ।

साधारणसभामा अस्पतालको आर्थिक अवस्थाका बारेमा कोषाध्यक्षले प्रतिवेदन पेस गरेका थिए ।

नयाँ व्यबस्थापन समिति चयन भएपछि शुभकामना दिदै शेयर सदस्य भुवनेश्वर अधिकारीले साथी अस्पताल नीजी भएपनि यसको उदेश्य पवित्र भएको बताउए । पवित्र उद्देश्य भएको संस्थामा बस्ने व्यक्तिहरुको नियत पनि पवित्र हुनुपर्ने बताउँदै टीकापुरमा रहेको एउटा मात्रै नीजी अस्पतालका बारेमा यस क्षेत्रका नागरिक पनि सकारात्मक हुनुपर्ने बताए ।

यसैगरी शेयर सदस्य नाथुराम चौधरी, श्यामराज पाण्डे, कृष्ण भण्डारी र डिपी उपाध्यायले अध्यक्ष तथा पदाधिकारीलाई शुभकामना दिएका थिए ।

३० जना शेयर सदस्य रहेको साथी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ३० जना भन्दा बढीले रोजगार पाएका छन् । साधारणसभामा संस्थापक टेकनारायण पौडेल, पूर्ब प्रबन्ध निर्देशक नगेन्द्र शाही र कर्मचारी लिला चौधरीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार