६ चैत्र २०८०, मंगलवार

निर्माण सामग्रीको मुल्य बृद्धि नियन्त्रण गर्न माग



धनगढी । कैलाली निर्माण व्यवसायी संघले निर्माण सामग्रीको मुल्यबृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीको मुल्यबृद्धि हुँदा विकास निर्माणको लागत बढ्ने र सामग्री अभावमा योजना निर्माणमा ढिलाई भइरहेको जनाएको छ ।

संघका अध्यक्ष यज्ञराज उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा मुल्यबृद्धिको फाइदा उठाउँदै गरिएको कालोबजारीले गर्दा निर्माण कार्यमा असर पुगेको उल्लेख गरिएको छ ।

निर्माण व्यवसायी संघले विज्ञप्ति मार्फत नेपाल सरकारबाट प्रभावकारी अनुगमन गरी मुल्यबृद्धि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गर्न माग गरेको छ ।

निर्माण सामग्रीको कालोबजारी हुँदा बाह्र महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मुल्य समायोजन नहुँदा साना निर्माण व्यवसायीहरू थप समस्यामा परेको संघले जनाएको छ ।
निर्माण सामग्रीको मुल्य बृद्धि र अभावका कारण आयोजना समयमा पुरा नहुँदा निर्माण व्यवसायीलाई एकोहोरो रुपमा दोषारोपण गर्न कार्य हुँदै आएको भन्दै संघले त्यसको विरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार