६ चैत्र २०८०, मंगलवार

‘विद्यार्थीबाट चर्को शुल्क लिए’



कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको घटाल माध्यमिक विद्यालय, सुडाले विद्यार्थीबाट चर्को शुल्क असुलीरहेको अभिभावहरूले गुनासो गरेका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले पाँच सय रुपैयाँ लिनसक्ने व्यवस्था गरेको भए पनि विद्यालयले कक्षा १० का विद्यार्थीसंग चारित्रिक प्रमाणपत्रको दुई हजार तीन सय रुपैया असुल गरिरहेको अभिभावकले जनाएका छन् ।

अभिभावकहरूले विद्यालयले व्यवस्थापन समितिको निर्णय भन्दै विभिन्न बहानामा शुल्क असुलिरहेको बताए ।

‘विद्यालयले चारित्रिक प्रमाणपत्र लिए वापत दुई हजार तीन सय रुपैया लियो’ एक जना अभिभावकले भने– सरकारले निःशुल्क शिक्षा भने पनि विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेका छन् ।

उनले अन्य केही सरकारी विद्यालय र निजी विद्यालयले चारित्रिक प्रमाणपत्र र प्रमाणपत्रको एक हजार रुपैयाँसम्म लिने गरेको बताए ।

घटाल माविका प्रधानाध्यापक कृष्णबहादुर भण्डारीले १० वर्षसम्म विद्यालयमा पढेपछि विद्यालयलाई केही सहयोग गर्नुपर्ने बताए । उनले विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रभित्र रहेर समितिले शुल्क लिने निर्णय गरेको बताए । ‘अरू विद्यालयले तीन हजार रुपैया बढी लिन्छन््, हामीले कम लिएका छौंं’ प्रधानाध्यापक भण्डारीले भने ।

कञ्चनपुरको शुक्लाफा“टा नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले कक्षा १० को मुल सर्टिफिकेटको २५० रुपैया“ र चारित्रिक प्रमाणपत्रको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पा“च सय रुपैया“ लिन मिल्ने बताए ।

‘नियमावली अनुसार पा“च सय रुपैया लिनुपर्ने भए पनि धेरै विद्यालयले व्यवस्थापन समितिको निर्णय गरेर एक हजारदेखि दुई हजार रुपैयासम्म लिने गरेका छन्’ ती प्रधानाध्यापकले भने ।
शिक्षा विकास तथा समन्वय इकाई, कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालयले धेरै शुल्क लिनु गलत भएको बताए । ‘विद्यालयले स्रोत जम्मा गर्ने भनेर एक दुई सय रुपैया“ लिनु स्वाभाविक हो, तर तर अचाक्ली गर्नु हुदैन” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार