७ बैशाख २०८१, शुक्रबार

एक घर, एक धारा निर्माण



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ धीरमडामा एक घर, एक धारा निर्माण गरिएको छ।

गाउ“मा लिफ्ट प्रणाली मार्फत खानेपानी सेवा पुराइएको छ ।

एक करोड २४ लाख पा“च हजार रुपैयाको लागतमा सो खानेपानी योजना निर्माण भएको नागार्जुन सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनाले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकाको २५ प्रतिशत, उपभोक्ताहरूको २६ प्रतिशत र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ४९ प्रतिशतको लागतमा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका जलश्रोत अधिकृत पदमबहादुर चन्दले जानकारी दिए ।

सो आयोजनाबाट ४७ घरधुरीका चार सय बढी नागरिक लाभान्वित भएका उनले बताए ।
खानेपानी आयोजना अन्तर्गत १६ हजार लिटर क्षमताका २ र ८ हजार लिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिएको छ । त्यस्तै ४७ घरधुरीमा प्रतिघरधुरी एक धारा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार