७ बैशाख २०८१, शुक्रबार

कोभिड–१९ का शंकास्पद व्यक्तिको नमुना संकलनमा कमी



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शंकास्पद व्यक्तिको नमूना संकलन गर्ने कार्यमा कमी आएको छ ।

गत एक साताको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शंकास्पद दुई हजार तीन सय ५१ जनाको नमूना मात्र संकलन हुनसकेको जनाइएको छ । नयाँ संकलित नमूना समेत गएको हप्तामा दुई हजार तीन सय ८८ नमूनाको परीक्षण हु“दा तीन सय ९२ जनामा संक्रमणको पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा यो अवधिमा थप तीन सय ९२ जनामा संक्रमण देखिंदा चार सय १३ जना उपचार व्यवस्थापनपछि घर फर्किएको उल्लेख छ । अहिलेसम्म नौ हजार चार सय ६० घर फर्किएका छन्् । संकलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डाक्टर शेरबहादुर कमरले कोरोना भाइरसको संक्रमण हुने दरमा कमी अझैं नआएको बताए । ‘जाडो मौसममा ‘भाइरल इम्फेक्सन’ को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ’ डाक्टर कमरले भने– पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय संक्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कोभिड–१९ सम्पर्कव्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको कमी भएकोले नमूना संकलन गर्ने कार्यमा कमी आएको जानकारी दिए । उनले लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउ“बाट आएर क्वारेन्टिनमा बसेकाहरूको मात्र नमूना संकलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना संकलन कमी आएको हुनसक्ने बताए ।

संक्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्यांक भने सामाजिक विकास मन्त्रालयस“ग छैन । हालसम्म कैलालीमा १९, कञ्चनपुरमा पाँच, डडेल्धुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटी तथा बैतडीमा एक÷एक गरी जम्मा ३८ जनाको मृत्यु भएको छ ।

थप १४३ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका चार वटा प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा, बैतडी र कमलबजार प्रयोगशालामा सात सय ५३ स्वाव परीक्षण गर्दा एक सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ३७ जनाको कोरोना परीक्षण गरिएकोमा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीका ७४ जना र कन्चनपुरका ७ जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, टीकापुर नगरपालिका र कैलारी गाउ“पालिकाका १५÷१५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्किचुहा नगरपालिकाका छ जना, मोहन्याल गाउ“पालिकाका दुई जना, जानकी गाउँपालिका र भजन नगरपालिकाका एक÷एक जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाका पाँच जना र भीमदत्त नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, अछामको कमलबजार प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ जनाको स्वाब परीक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका १६ जना, कमलबजार नगरपालिका २ जना र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना रहेका छन् ।

त्यस्तै, बैतडीमा मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये सशस्त्र प्रहरीका ३६ र २९ वर्षीय दुई जना पुरुष, नेपाली सेनाका ३६, ३७, २५ र २९ पुरुष गरि चार जना पुरुष, दशरथचन्द नगरपलिका वडा नम्बर ४, का ३० वर्षीय एक पुरुष र २५ वर्षीया महिला गरि दूई जना, बैतडीकोे डिलाशैनी गाउँपालिका वडा नम्बर ३, का ३८, ४०, ३५, २४ र २७ वर्षीय पाच जना पुरुष, डिलाशैनी गाउ“पालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, दशरथचन्द नगरपलिका वडा नम्बर १ का ५३ वर्षीय पुरुष, वडा नम्बर ११ का २७ पुरुष र पुचौडी नगरपलिकाका ४९ वर्षीय एक पुरुष सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।

जिल्ला अस्पताल बैतडीमा एक सय ८३ स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै, डडेल्धुरामा ८२ स्वाव परीक्षण गर्दा १५ जना र बझाङ अस्पतालको प्रयोगशालामा ४८ स्वाव परीक्षण गर्दा आठ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार तीन सय ५२ पुगेको छ ।

त्यस्तै, मंगलबार प्रदेशमा थप ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीबाट ५५, कञ्चनपुरबाट एक र बैतडीबाट एक जना गरि ५७ जना संक्रमणमुक्त भएका जनाइएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या नौ हजार पा“च सय १७ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । निर्देशनालयका अनुसार कैलालीमा २०, कञ्चनपुरमा पा“च, बाजुरा, अछाम, दार्चुलामा दुई÷दुई, बझाङ, डडेल्धुरामा तीन÷तीन, बैतडी र डोटीमा एक÷एक गरी ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार