१५ चैत्र २०८०, बिहीबार

युवा व्यवसायीको छनोट गरिदै



दार्चुला । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरूका लागि खोलिएको सूचनाअनुसार युवा व्यवसायी छनेटको तयारी गरिएको छ ।

गत वर्ष ११ चैतदेखि कोरोना प्रभावित तथा विदेशबाट आएर आफनै गाउ“मा केही रोजगारी गर्न इच्छुकहरूका लागि खोलिएको आवेदनअनुसार उनीहरूको व्यवसाय हेरेर छनेटको तयारी गरिएको हो ।

विदेशबाट आएका लक्षित युवाहरूका लागि कार्यक्रम छनेट गरिएको भए पनि कोरोना प्रभावित, क्वारेन्टाइनमा बसेका व्यक्तिले यस कार्यक्रमअन्तर्गत आवेदन दिएका छन्् । यस कार्यक्रमले दार्चुलामा १०० जना युवा व्यवसायीलाई छनेट चरणमा पार्ने तयारी गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताए ।

युवा व्यवसायी छनेटअन्तर्गत बाह्य मुलुकबाट आएकालाई पहिलो प्राथमिकतामा राखेर छनेट गर्न अंकभार छुट्याइएको छ । यस्तै, भारतबाट फर्किएका तथा कोरोना लागेर निको भएका, क्वारेन्टाइनमा बसेकाहरूलाई पनि उनीहरूको प्रमाणका आधारमा छनेट गरिने पन्तले बताए ।

दार्चुलाका नौवटै स्थानीय तहबाट आवेदनहरू आएका छन्, जसअनुसार अपिहिमाल गाउँपालिकाबाट आठ, मालिकार्जुनबाट तीन, मार्माबाट पाँच, लेकमबाट २५, नौगाडबाट १२, व्यासबाट चार, दुहुबाट १८ र शैल्यशिखर नगरपालिकाबाट २० जनाको आवेदन परेको छ ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका र कृषि ज्ञान केन्द्रमा २१ वटा निवेदन परेको ज्ञान केन्द्र प्रमुख पन्तले जानकारी दिए । कार्यक्रमअन्तर्गत बढीमा ३० हजार रुपैया“ आर्थिक सहयोग हुनेछ ।

जिल्लाबाट तकारी पोली हाउस, माहुरी घार तथा फलफूल खेतीका लागि भन्दै माग बढी आएको पन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार