१४ बैशाख २०८१, शुक्रबार

घरमै स्वास्थ्य सेवा पुर्‍याउछौं : मुख्यमन्त्री



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ बागफा“टामा निर्माण गरिने ५० शैयाको सरुवा रोग अस्पतालको सोमबार शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले उपचारको अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न सरकार कटिवद्ध रहेको बताए । उनले भने– हामी रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौ“ । स्वास्थ्य सेवाको पहु“च घर घरमा पुँयाउँछौ“ ।

५० शैयाको अस्पतालले नागरिकले कम खर्चमा गुतस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताए । ‘अस्पताल निर्माणमा सबैले सहयोग गरौ“, सबै नागरिकले नजिक सेवा पाउनेछन्, यो भन्दा ठूलो खुशीको कुरो के नै छ र’, उनले भने– विकास भन्ने कुरो क्रमिकरुपमा हुने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन ।

२०३९ सालमा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको सो ठाउ“मा सरुवा अस्पताल भवन शिलन्यास गरिएको छ ।

शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउ“पालिका अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौ“की गााउ“पालिका अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउ“पालिका अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गरे ।

५४ अस्पतालको शिलन्यास

सुदूरपश्चिम प्रदेशमा सोमबार एकै पटक ५४ आधारभूत अस्पतालको शिलान्यास गरिएको छ ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा ५४ सहित सातै प्रदेशमा एकै पटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरेको छ।

सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठुलो क्रान्ति’ भनेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठुलो काम भएको बताए ।

उनका अनुसार सुदूरपश्चिमको कैलालीमा पाँच, कञ्चनपुरमा आठ, डोटीमा सात, डडेल्धुरामा तीन, बैतडी सात, अछाम छ, बझाङ पा“च, बाजुरामा आठ र दार्चलामा पा“च गरी जम्मा ५४ आधारभूत अस्पतालको शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार