११ बैशाख २०८१, मंगलवार

एकै पटक ५४ अस्पताल सिलान्यास गरिदै



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमवार एकै पटक ५४ आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा ५४ सहित सातै प्रदेशमा एकै पटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिने छन् ।

सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठुलो क्रान्ति’ भनेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठुलो काम हुन गइरहेको बताए । 

उनका अनुसार सुदूरपश्चिमको कैलालीमा ५, कञ्चनपुरमा ८, डोटीमा ७, डडेल्धुरामा ३, बैतडी ७ अछाम ६, बझाङ ५ , बाजुरामा ८ र दार्चलामा ५ गरी जम्मा ५४ आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार